Saturday , July 24 2021
Breaking News
Home / समाचार / चितवनकी सुजिता भण्डारीको पछिल्लो अपडेट आयो यस्तो

चितवनकी सुजिता भण्डारीको पछिल्लो अपडेट आयो यस्तो

काठमाडौ । हराएको ९ दिन पछि फेलापरेकी चितवनकी सुजिता भण्डारीको शव परिवारका सदस्यले बुझेका छन् । उनको शव गत असार २० गते जंगलमा फेला परेको थियो । उनको रहस्यम मृत्युको कारण भने अझै खुल्न सकेको छैन । पोष्टमार्टम रिपोर्टले उनको मृत्युको कारण नखुलाएका कारण घटना रहस्यमय भएको हो । घटना रहस्यम भएको र घटनामा अरु कसैको हात रहेको भन्दै परिवारका सदस्यले आवाज उठाउँदै आएका छन् ।

पोष्टमार्टम रिपोर्टवाट मृत्युको कारण नखुलेका कारण प्रहरी भिसेरा परिक्षणको रिपोर्ट कुरेर बसेको छ । उनको शरिरको भित्र र बाहिर कुनै चो’ट नदेखिएका कारण घटनामा अरुको संलग्नता नभएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तर उनले केही कुरा से’वन गरे नगरेको पुष्टि भि’से’रा रिपोर्टवाट मात्र थाहा हुने प्रहरीले जनाएको छ । त्यसैले प्रहरी भिसेरा रिपोर्ट कुरेर बसेको छ ।

सुजिताको घटनामा संलग्न आरोपित सार्वजनिक नहुँदासम्म शव नबुझ्ने अडान लिँदै आएका परिवारले सोमवार शव बुझेका छन् । असार ११ गतेबाट हराएकी सुजिताको शव ९ दिन पछि जंगलमा भेटिएको थियो। प्रहरीले शवसँगै प’तेरा मा र्न प्रयोग हुने त’रल प’दार्थ रहेको बोतल फेला पारेको थियो । उनले प्रयोग गर्ने मोवाइल पनि फेला परेको छ । सुजिताले असार ११ गते आफू अ’पह’र’ण’मा परेको भनेर आफूलाई फोन गरेको भन्दै दिदी कविताले खोजी गरिदिन प्रहरीमा मौखिक जानकारी दिएकी थिइन्।

About admin

Check Also

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *