Thursday , August 5 2021
Breaking News
Home / समाचार / गुगलमा ‘फटाहा’ खोज्दा देउवाको फोटो किन देखाउँछ ? यसलाई कसरी हटाउने

गुगलमा ‘फटाहा’ खोज्दा देउवाको फोटो किन देखाउँछ ? यसलाई कसरी हटाउने

काठमाडौ । सामाजिक सञ्जालमा अहिले प्रधानमन्त्री शेरवहादुर देउवाको वारेमा एउटा रमाइलो चर्चा सुरु भएको छ । गुगलमा अंग्रेजीमा ‘फटाहा इन नेपाल’ भनेर गुगलमा सर्च गर्ने हो भने प्रधानमन्त्री शेरवहादुर देउवाको तस्बिर सबैभन्दा माथि देखिन्छ । यो कुरालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले रमाइलो मान्दै स्कृनस सार्वजनिक गरिरहेका छन् ।

गुगलमा कहिले काँही यस्ता अनौठो गल्ती हुने गरेका छन् । यस अघि अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा पनि यस्तै भएको थियो । जसका कारण गुगलले अमेरिकालाई स्पष्टिकरण समेत दिनुपरेको थियो ।

यसअघि गुगलमा अंग्रेजी शब्द ‘इडियट’ लेखेर सर्च गर्दा डोनाल्ड ट्रम्पको तस्वीर आएका कारण स्पष्टिकरण नै दिनुपरेको थियो । गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइले अमेरिकी संसदमै जवाफ दिएका थिए । उनले जवाफमा भनेका थिए । गुगलमा कुनै पनि कुरा सर्च गर्दा त्यसलाई निर्देशित गर्ने मुख्य कुरा अल्गोरिदम हो।

कुन शब्द के अथवा कोसँग जोडेर प्रयोग हुँदैछ र त्यो कत्तिको बढी प्रयोग हुन्छ भन्ने आधारमा सर्चको नतिजा भर पर्छ। कुनै शब्दलाई कुनै व्यक्तिसँग जोडेर प्रयोग गर्दा बढी नै भएको खण्डमा गुगलले आफ्नो अल्गोरिदमका कारण त्यो शब्द र मानिसलाई जोडेर हेर्छ र नतिजामा त्यस्तै आउँछ। देउवा र ट्रम्पको हकमा भएको त्यही हो। गुगललाई नै यसवारे जानकारी दिएर देउवाका बारेमा आएको त्यस्तो रिजल्ट पनि मिलाउन सकिन्छ । त्यसका लागि गुगलकै अन्त्यमा ‘प्रतिक्रिया’ दिनुहोस् भन्ने विकल्पमा गएर गुनासो लेखेर पोष्ट गर्नुपर्छ ।

About admin

Check Also

संसार चकित ! १३ बर्षिय यी नानिले यसरि जन्माईन छोरि ,डाक्टर तिनछक्क (हेर्नुस् भिडियो )

लम्जुङको भोटेओडारमा मात्रै तेह्र बर्षिय नानि हर्षना मियाले लगभक अढाई केजिको बच्चालाइ जन्म दिएकि छिन् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *