Wednesday , December 1 2021
Breaking News
Home / रोचक / काठमाडौमा बाँदरको भेषमा युवा संघको प्रदर्शन

काठमाडौमा बाँदरको भेषमा युवा संघको प्रदर्शन

काठमाडौ । नेकपा एमालेको सरकार ढलेपछि युवा संघ आन्दोलनमा छ । सर्वोच्च अदालतको फैसला र आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको विरुद्ध आन्दोलनमा रहेको युवासंघले मंगलवार बाँदरको भेषमा आन्दोलन गरेका छन् । मंगलवार उनीहरु बाँदरको भेष बनाएर प्रदर्शनमा उत्रिएका छन् ।

आफ्नै पार्टीका २२ सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिएपछि देउवा अब पुर्णकालका लागि प्रधानमन्त्री बनेका छन् । पार्टी भित्रकै विवादका कारण झण्डै दुई तिहाइको एमाले सरकार बिचैमा ढलेको छ । आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल समुह विरुद्ध युवासंघ आन्दोलनमा उत्रिएको हो ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए । पार्टी निर्देशन विरुद्ध देउवालाई विश्वासको मत दिएका नेता र सांसद विरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन् । राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटीको बिस्तारित भेलालाई सम्बोधन गर्दै नेता महेश बस्नेतले नेपाललाई एमाले पार्टी छोडेर जान चेतावनी दिएका थिए । युवासंघका नेता समेत रहेका उनले एमाले छोडेर गए सम्मानजनक विदाई गर्ने बताएका थिए ।

ुतपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोडनुस्। हामी पुत्ला जलाउँदैनौं। सम्मानजनक बिदाइ गर्छौ। तर, एमालेमा बसेर ब र्वा द गर्नेहरुलाई युवासंघले तह लगाउनै पर्छ,ु उनले चेतावनी दिँदै भने।

About admin

Check Also

हप्ताको यो दिन महिलाहरु पुरुषसँग अधिक मात्रामा आ’ क,र्षित हुन खोज्छन

शा’री’रिक स’म्प’र्क लिएर विश्वमा हरेक दिन नयाँ र अनौठो तथ्य सार्वजनिक हुने गर्दछ।बेलायतमा गरिएको एक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *