Saturday , July 24 2021
Breaking News
Home / मनोरंजन / ‘नेपाल आइडल’ छिट्टै संचालन हुने, निर्णायकहरू परिवर्तन हुँदै

‘नेपाल आइडल’ छिट्टै संचालन हुने, निर्णायकहरू परिवर्तन हुँदै

चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ । सन् २०२१ भित्रै यसको चौथो सिजन शुरु गर्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् । उनका अनुसार तीन सिजनका लागि पाएको फ्रेन्चाइजको अनुमति सकिनुका साथै कोरोनाका कारण पनि चौथो सिजन सुरु गर्न ढिलाई भएको हो ।

सन् २०२१ भित्र नै शोको छायांकन सुरु गरिसक्ने पौडेलले बताए । चौथो सिजनमा भने यसअघिका तिनै जना निर्णायकहरु परिवर्तन हुने पौडेलको भनाई छ ।

‘निर्णायकहरु अन्य देशमा पनि परिवर्तन भईरहेका हुन्छन् । उहाँहरुसँगको सम्झौता पनि तिन वर्षकै थियो । उहाँहरु पनि बाहिरी कार्यक्रममा व्यस्त हुनुभयो’। अब निर्णायक को हुने भन्ने फाइनल भएको छैन ।’ यसअघिका तीनै शोजका निर्णायकमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी थिए ।

अन्य समाचार : बिना साँचो कुदिरहेको केटिएम डुकसहित विज्ञान भुजेल पक्राउ, उनको पेशानै यस्तो रहेछ काठमाडौँ – पेशेवर रूपमै मोटरसाइकल चोरी गर्ने १ जनालाई २ वटा मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको छ।सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर, कौशलटारबाट बा.९५प २३३ नम्बरको केटीएम डुक २०० सीसीको मोटरसाइकललाई विना साँचो डाइरेक्ट स्टार्ट गरी चलाइरहेको अवस्थामा कमलामाई नगरपालिका – ७, दोलखा घर भएका वर्ष १९ को विज्ञान भुजेललाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जानकारी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले वताए ।

उक्त मोटरसाइकल हिजो आईतबार विहान ८:३० बजे भक्तपुर सानोठिमीबाट हराएको भनी बैदेश्वर गाउँपालिका – ३, दोलखा घर भएका कृष्ण कार्कीले यस महाशाखामा जानकारी गराएका थिए ।

चोरी भएको सुचना प्राप्त हुनासाथ ट्राफिक महाशाखाको सादा पोसाकको टोलीले खटिएको ट्राफिक प्रहरीको टोलीले आईतबार दिउँसो ३:०० बजे नै उक्त मोटरसाईकल सहित १ जनालाई नियन्त्रण लिन सफल भएको एसएसपी भट्टराईले बताए ।

नियन्त्रणमा लिई थप अनुसन्धान र सोधपुक्ष पश्चात बा ८३ प ३३४५ नम्बरको २०० सिसि एनएस रातो पल्सर मोटरसाईकल समेत कौशलटारबाट बरामद गरेको छ । उक्त मोटरसाइकल यहि जेष्ठ १० गते बालकुमारी, ललितपुरबाट हराएको भनी गोदावारी न।पा–६, टिकाभैरव घर भएका लक्ष्मण रानाले हुलिया निवेदन यस महाशाखामा दिएका थिए ।

पक्राउ परेका व्यक्तिलाई मोटरसाइकलहरू सहित चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागी महानगरीय प्रहरी बृत्त, ठिमीमा बुझाएको महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी विशेष कारबाही अभियान ट्राफिक महाशाखाले निरन्तर रूपमा चलाई राखेको छ ।

About admin

Check Also

उत्तेजनामा आएर टिकटक बनाएपछि भयो भाईरल-भिडियो हेर्नुहोस्

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, यो पनीं पढ्नुहोस,काठमाडौ । नेपालमापनि टिकटक बन्द हुने भएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *