Wednesday , July 28 2021
Breaking News
Home / राजनिति / भिम रावलले पनि गरे कित्ता क्लियर, बानेश्वरको बैठकमा गएनन्

भिम रावलले पनि गरे कित्ता क्लियर, बानेश्वरको बैठकमा गएनन्

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति निकै खरो रुपमा प्रस्तुत हुने नेता भिम रावलको पछिल्लो गतिविधि भने फरक छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विघटित कार्यदलको संयोजक समेत रहेका उनले नेपालको साथ छोडेको प्रष्ट संकेत दिएका छन् ।

सुरुमा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन निकै सकृय रहेका रावल तत्कालिन प्रधानमन्त्री रहेका ओलीलाई वालुवाटारमा भेट गरेपछि अचानक फेरीएको माधव पक्षका नेताहरुले आँकलन गरेका छन् ।

देउवालाई विश्वासको मत दिने अन्तिम समयमा सांसद पदवाटै राजिनामा दिएका रावल अहिले नेपाल पक्षले राखेको बैठकमा सहभागी भएका छैनन् । मंगलवार र बुधवार माधव पक्षको बैठक बसेको छ । तर उनी सहभागी भएनन् । बुधवार स्थायी कमिटी बैठक बसेको छ।

बुधबार दिउँसो बानेश्वरमा नेपाल पक्षको स्थायी कमिटी सदस्यको बैठक बसेको हो। असार २० गते भेटेका थिए। त्यस यता उनको ब्यवहार फरक भएको नेताहरुको भनार्य छ । देउवालाई विश्वासको मत नदिन सांसद पदवाट राजिनामा दिएपछि उनले नेपालको साथ छोडेको बताइएको थियो । स्थायी कमिटी बैठकमा पनि सहभागी नभएपछि त्यो पुष्टि भएको छ। नेपाल पनि रावलका गतिविधिबाट असन्तुष्ट रहेको उनीनिकट स्रोतको दाबी छ।

About admin

Check Also

माधव नेपाललाई राखे महेश वस्नेतले यस्तो प्रस्ताव, अब हामी तपाईको पुत्ला जलाउँदैनौं

काठमाडौं । नेकपा (एमाले)का नेता महेश वस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई सम्मानजनक वहिर्गमनको प्रस्ताव राखेका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *