Saturday , July 24 2021
Breaking News
Home / आर्थिक / फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं – बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार तोलामा ७ सय रुपैयाले घटेको सुनको मूल्य आज पनि ७ सयले नै घटेको हो ।

बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ७ सय रुपैयाले घटेर तोलाको ९१ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १ हजार २ सय ७० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

About admin

Check Also

सबैको रोजाइमा रहेको हुन्डाई क्रेटा अहिलेको भन्दा ४ लाख कम मूल्यमा पाइने

हुन्डाई क्रेटाको लोकप्रियता लगातार रुपमा चुलिदो छ । विभिन्न भेरिएन्टमा उपलब्ध क्रेटाको हाल उपलब्ध भेरिएन्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *