Wednesday , October 20 2021
Breaking News
Home / राजनिति / प्रधानमन्त्री देउवालाई भारतीय धर्मगुरुको अर्को भविश्यवाणी, बालुवाटारमा खुशीयाली

प्रधानमन्त्री देउवालाई भारतीय धर्मगुरुको अर्को भविश्यवाणी, बालुवाटारमा खुशीयाली

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय धर्मगुरुले अर्को भविश्यवाणी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)ले देउवाको भविश्यवाणी गरेका हुन् ।

भेटमा देउवासहित उनकी पत्नी तथा नेपालकी पहिला महिला आरजु राणा र गृहमन्त्री बालकृष्ण खाणसँगै छलफल गरेर देउवाको राजनीतिक भविश्यवाणी गरेका हुन् । बालुवाटारमा प्रधानमन्त्री देउवाले भारतीय धर्मगुरु सुर्याचार्यलाई भव्य स्वागत गरेका थिए ।

उनले धर्मगुरुसँग आशीर्वाद ग्रहण गर्दै आफ्नो भविश्यको बारेमा जिज्ञासा राखेका थिए । उनको जिज्ञासामा जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)ले प्रधानमन्त्री देउवाको नक्षत्र राम्रो रहेकाले नेपालको प्रगति हुने बताएका थिए ।

जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)ले पशुपतिनाथको मन्दिरमा विशेष पूजाआजा गरेर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री देउवाले हिन्दु धर्ममा विश्वास र आस्था राख्छन् ।

धार्मिक कार्यमा विश्वास राख्ने देउवाले सो क्रममा धर्मगुरुसँग केहीबेर कुराकानी गरेका थिए । भारतीय हिन्दु धर्मगुरु जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) तीन दिनदेखि काठमडौंमा छन् ।

About admin

Check Also

राष्ट्रपतिले प्रचण्ड पत्नी सीतालाई किन दिइन् पदक ?

काठमाडौ । संविधान दिवसका अवसरमा राष्ट्रपतिवाट विभुषित हुने र पदक पाउनेहरुको नाम सार्वजनिक भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *