Wednesday , October 20 2021
Breaking News
Home / समाचार / सुत्केरी भएको दुई महिना पछि ‘सक्किगोनी’मा फर्किन् रक्षा श्रेष्ठ !

सुत्केरी भएको दुई महिना पछि ‘सक्किगोनी’मा फर्किन् रक्षा श्रेष्ठ !

काठमाण्डौं । हास्य टेलिसिरियल ‘सक्किगोनी’की चर्चित कलाकार हुन्- रक्षा श्रेष्ठ । कुमार कट्टेलको जोडीका रूपमा निकै रुचाइएकी रक्षा लामो समय सिरियलमा देखा परिनन् । आमा बन्ने भएपछि रक्षाले सिरियलबाट लामो बिदा बसिन् ।

१५ महिने लामो बिदा सकेर रक्षा पुनः सिरियलमा फर्किएकी छिन् । आज साँझ प्रसारण हुने ‘सक्किगोनी’को श्रृंखलामा रक्षा पनि देखिने कलाकार कुमार कट्टेलले बताए ‘रक्षाजी सक्किगोनीमा फर्किनु भएको छ । उहाँको पुनरागमनलाई लिएर हामी अझै उत्साहित भएका छौँ ’, कट्टेलले भने ।

आमा बन्ने भएपछि केही समय अभिनयबाट ब्रेक लिएकी रक्षा दुई महिनाअघि मात्रै आमा बनेकी छिन् । उनले छोरीलाई जन्म दिएकी छिन् । छोरीको जन्मपछि दुई दिनअघि मात्रै एक म्युजिक भिडियो मार्फत् अभिनयमा फर्किसकेकी छिन् ।

लामो समयपछि सुटिङमा फर्किन पाउँदा उत्साहित भएकी रक्षाले भनिन्, ‘दर्शकमाझ पुनः आउन पाउँदा उत्साहित छु । तर पहिलाको जस्तो सुटिङमा मात्र ध्यान केन्द्रित नहुँदो रहेछ । सुटिङको समयमा पनि छोरीको चिन्ता भने लाग्दो रहेछ ।’

About admin

Check Also

हे भगवान् ! यो कस्तो रोग लाग्यो ,मलाई बचाउनुस् म बाच्न चाहान्छु,हेर्दाहेर्दै यस्तो भए (हेर्नुस् भिडियो )

धरानमा ६ बर्षिय बाबु जो एक बर्ष अघिसम्म मजाले नाच्ने ,कुद्ने ,खेल्ने र उतिकै मोटो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *