Sunday , September 19 2021
Breaking News
Home / मनोरंजन / बाबुराम भट्टराईकी पुत्री मानुषीले प्रियंकाको सिको गर्दै सर्वजनिक गरिन बेबी बम्प

बाबुराम भट्टराईकी पुत्री मानुषीले प्रियंकाको सिको गर्दै सर्वजनिक गरिन बेबी बम्प

काठमाडौ । नायिका प्रियंका कार्कीले आफू गर्भवती भएदेखि नै सामाजिक सञ्जालमा तस्बिरहरू सार्वजनिक गरेर गसिप बनिरहेकी छिन् । कार्कीले ताली र गाली दुवै खाइरहेकी छिन् ।

केही दिन अगाडी पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि प्रियंकालाई सपोर्ट गर्दै ‘पितृसत्ताको जालो च्यात्ने साहस’ भन्दै ट्विट गरे । भट्टराईले उक्त ट्विट मार्फत धेरै नकारात्मक गाली खानुपर्‍यो । अहिले उनै भट्टराईकी छोरी मानुषीले पनि बेबी बम्पको तस्बिर सार्वजनिक गरेकी छिन् ।

बाबुरामको यो ट्विटमाथि प्रतिक्रिया जनाउँदै माओवादीनि’कट पूर्वसञ्चारकर्मी आस्था केसीले लेखिन्, ‘हजुरकी सुपुत्री मानुषी यमी भट्टराईलाई यस्तो सुन्दर कार्य किन नगराउनु भएको ? खोइ देखिएन त ? कस्ता कस्ता मान्छेलाई आदर्श नेता मानेर हिँडिएको रहेछ ।

मानिस सामाजिक प्रा’णी हैन र ? कि केही मानिसलाई पशुलाई जस्तो जे गरे पनि छुट र स्वतन्त्रता हुने हो ?’आस्थाको यो ट्विटमाथि डा. भट्टराईकी पुत्री मानुषी यमी भट्टराईको जवाफ आएको छ । उनले ‘मेरो सुन्दर कार्य हेर्नु अब’भन्दै आफ्नो गर्भवती भुँडीको पुरानो तस्बिर सेयर गरेकी छन् ।

उनी लेख्छिन्, ‘एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो ? बच्चा पाउने कार्यलाई नै जूठो, अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली ? एक प्रकारको बागी कार्य किन नमान्ने ? नेपाली कणहरू सारै रूढीवादी !’

बेबी बम्पको तस्बिर सार्वजनिक गर्नेमा प्रियंका पहिलो नेपाली महिला होइनन् । यसअगाडि पनि धेरै महिलाहरूले बेवी बम्प र फोटोसू’ट गरेका तस्बिरहरू सार्वजनिक भएका थिए । तर प्रियंकाले लगातार तस्बिरहरू सार्वजनिक गर्नाले उनी चर्चामा आएकी हुन् ।

About admin

Check Also

टिक-टक स्टारहरू एउटै भिडियोमा ,उशा उप्रती देखी बिना राउत एकै ठाउमा (भिडियो सहित)

को’रोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *