Sunday , September 19 2021
Breaking News
Home / समाचार / किन लापरवाहि गरो फेवासिटि अस्पतालले स्याङ्जाकी सबिनाको मृत्यु

किन लापरवाहि गरो फेवासिटि अस्पतालले स्याङ्जाकी सबिनाको मृत्यु

पोखरा । स्याङ्जाकी एक महिलाको उपचारमा लापरवाही गरी विरामीको ज्यान गएको भन्दै आफन्तहरुले सत्यतथ्य छानविनको माग गरेका छन् ।

स्याङ्जाको आँधिखोला गाँउपालिका वडा नम्बर ६ शेरा घर भई भूमिलाल ढकालको छोरा शालिकराम ढकालको श्रीमती २६ बर्षीय सबिना पोखरेल ढकालको चिकित्सकको लापरवाहीको कारण मृत्यु भएको परिवारले जनाएका छन् ।

आफन्तका अनुसार साउन सात गते विहान करिब साढे ११ बजे फेवासिटी अस्पतालमा भर्ना गरिएको थियो । सामान्य समस्या देखिएको कारण अस्पताल भर्ना गरिएको र पछि चेकजाँचको क्रममा उनलाई पत्थरी भएको भनिएको थियो ।

अस्पताल प्रशासनले उनको पत्थरीको उपचार गर्न भनेपछि त्यस दिन साँझ अपरेशन गर्ने भनिएको थियो । तर राती नौँ बजे अस्पतालले उनको अपरेशन असफल भएको भन्दै बिरामीलाई मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

सबिनाका दाजु नन्दलाल पोखरेलले यूरोलोजिस्ट डा. ध्रुव अधिकारीको टिमले उनको उपचार गरेको बताउँदै उनीहरुको लापरवाहीको कारणले बिरामीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सामान्य समस्या भएको बिरामीलाई अपरेशन नगरी मृत घोषणा गरियो, डाक्टरकै लापरवाहीको कारण विरामीको मृत्यु भएको छ, लापरवाही गर्ने चिकित्सकमाथि कडा भन्दा कडा कारवाही गर्न माग गरेका छौँ ।’

यता अस्पताल प्रशासनले भने चिकित्सकको लापरवाहीको कारण बिरामीको मृत्यु नभएको बताउँछ ।

डा. अधिकारीले आफूहरुको कारण बिरामीको मृत्यु नभएको बताउँदै अस्पताल आउँदा उहाँको रगत र मृगौलामा समस्या भइसकेको बताउनुभयो ।

रगतमा पनि इन्फेक्सन भएको थियो, किड्नी पनि सुन्निएको थियो, उहाँले भन्नुभयो, ढाडमा एनेस्थेसियाको सुई लगाएर अपरेशन गर्ने तयारी थियो । सुई राखिसकेको थिएन । तयारी भइरहेको थियो । त्यसपछि बिरामी काँप्न थाल्नुभयो । अनि सुई नलगाएर लाइफ सेभिङ शुरू गर्याैँ ।

उहाँले अघि भन्नुभयो, त्यो अवस्थामा उहाँको मुटुले काम गर्न छोडिसकेको थियो । त्यसपछि हामीले धेरै कोशिस गर्याैँ, तर बचाउन सकेनौँ ।

उहाँले सिटी स्क्यान गर्दा आर्टरीमा नशाहरुमा इन्फेक्सन, र दिमागमा पनि असर परेको देखिएको बताउनुभयो ।

यो अत्यन्तै दुखद घट्ना, यस्तो पनि हुँदो रहेछ, बीस बर्षको समयमा मैले यस्तो अनुभव पनि गरेको थिइनँ । यो कल्पना भन्दा बाहिरको मृत्यु भयो । उहाँले भन्नुभयो ।

डा. अधिकारीका अनुसार बिरामी सबिनाको युरेटर पिसाबनलीमा पत्थरी देखिएको थियो ।

बिरामीलाई समस्या हुँदा एनेस्थेसियाको औषधि प्रयोग गरि सकिएको थिएन । अपरेशन नहुँदै उहाँको मृत्यु भएको कारण आफूहरुको कुनै गल्ती नरहेको अस्पतालको दाबी छ ।

यता बिरामीका आफन्तहरुले आफूहरुले जीवन फिर्ता नै नपाएपनि उचित न्याय पाउँनुपर्ने माग गरेका छन् । अन्यथा अस्पतालविरुद्ध कानूनी लडाइँ लड्ने उनीहरुको चेतावनी छ ।

यतिबेला अस्पताल प्रशासन र मृतकका आफन्तहरुवीच छलफल भइरहेको छ ।

About admin

Check Also

गायिका विष्णु माझीको घरमा प्रहरी, घर पुग्दा यस्तो अवस्थामा (भिडियो सहित)

स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली चर्चित लाेकदाेहाेरी गायिका विष्णु माझीको माइतीघर चापाकोट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *