Monday , October 18 2021
Breaking News
Home / समाचार / नेपालमै हुने भयो हास्य कलाकार ‘चम्सुरी’को मिर्गाैला प्रत्यारोपण , कसले दिदैछ चम्सुरीलाई मिर्गाैला?

नेपालमै हुने भयो हास्य कलाकार ‘चम्सुरी’को मिर्गाैला प्रत्यारोपण , कसले दिदैछ चम्सुरीलाई मिर्गाैला?

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी) ले मिर्गाैला प्रत्यारोपण गर्न पाउने भएकी छन्। उनका भाइ राजु डंगोलका अनुसार परिवारभित्र पर्ने चार–पाँच जना मिर्गाैला दिन राजी भइसकेका छन्। उनीहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत स्वास्थ्य परीक्षण भइरहेको छ।

सुरुमा मिर्गाैला प्रत्यारोपणका लागि उनलाई भारत लाने तयारी गरिएको थियो। नेपालमा मिर्गौला प्रत्यारोपण गर्न हाडनाताभित्रका मानिसले मिर्गौला दिनुपर्ने कानुन छ। अहिले नाताभित्रकै मानिसबाट मिर्गौला पाउने भएपछि नेपालमै प्रत्यारोपण गर्न लागिएको डंगोल परिवारले जनाएको छ।

घरमै बसिरहेको बेला सास फेर्न गाह्रो भएपछि कलाकार डंगोल अस्पताल भर्ना भएकी थिइन्। त्यस क्रममा स्वास्थ्य परीक्षण गर्दा उनका दुवै मिर्गाैलाले काम गर्न छाडेको पत्ता लागेको हो। उनी १५ वर्षदेखि मिर्गौलाको समस्याबाट पीडित थिइन्।

डंगोल परिवारले भारतमा उपचार गर्ने योजना पनि बनाएकाे थियाे । तर, डंगोलको नेपालमै उपचार गर्ने मनसाय रहेको थाहा पाएपछि परिवारभित्रै मिर्गाैला खोजी सुरु गरिएको थियो । पल्पसाका भाइ राजुले भने, ‘अहिले हामीले दिदीका लागि मिर्गाैला पाइसकेका छौँ । चार–पाँचजनाले दिने भनेर आउनुभएको छ,’ तर, अहिले दाताहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत परीक्षण भइरहेको छ ।’

दुई दिनपछि आउने रिपोर्टले कसको मिर्गाैला प्रत्यारोपण गर्ने भनेर फाइनल हुने उनले बताए । घरमै बसिरहेको वेला सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएकी डंगोलको त्यतिवेला मात्रै दुवै मिर्गाैलाले काम गर्न छाडेको रिपोर्ट डक्टरहरूले निकालेका थिए । विगत १५ वर्षदेखि मिर्गाैलाको समस्याबाट डंगोल पीडित थिइन् ।

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *