Thursday , October 28 2021
Breaking News
Home / मनोरंजन / युद्ध बाँनियाः पूजाको मन जितेका ‘ह्यान्डसम हङ्क’ को हुन युद्ध ?

युद्ध बाँनियाः पूजाको मन जितेका ‘ह्यान्डसम हङ्क’ को हुन युद्ध ?

चलचित्र बजार गसिपको क्षेत्र हो । पर्दा अगाडि देखिने कलाकारको बिषयमा दैनिक रुपमा आउने गसिप कहिलेकाही उनीहरुका लागि चर्चाको राम्रै खुराक बन्छ भने कहिलेकाही टाउको दुखाइको बिषय । अझ, एउटै चलचित्रमा काम गर्ने नायक र नायिकाको प्रेम सम्बन्धको खबर त हलिउड, बलिउड या कलिउड सबैतिर पेज थ्रीको मुख्य आकर्षण बन्ने गर्दछ ।

नायिका पूजा शर्मा चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै फिल्मी गसिपको मुख्य केन्द्रमा छन् । चलचित्रको पर्दामा उनी जोसँग काम गर्छिन्, उनै नायकसँग उनको नाम जोडिन्छ । तर, चलचित्र रिलिज भएपछि पूजाको सो चर्चाबाट टाढा रहन पुग्छिन् । सुदर्शन थापा, प्रदिप खड्का, पल शाहदेखि आकाश श्रेष्ठसँगका पेज थ्रीका गसिपमा पूजा शर्मा लामै समय हेडलाइन बनेकी छिन्।

उनै, पूजा विगत केही दिनदेखि फेरि हेडलाइनमा छिन् । तर, यसपटक उनको नाम जो यूवकसँग जोडिएको छ ती यूवकको सम्बन्ध चलचित्र क्षेत्रसँग छैन । पूजा र व्यापारी युद्ध बाँनिया केही दिनदेखि टक अफ दि टाउन बनेका छन् । यो बिषयमा पूजा र युद्ध दुबैले मुख भने खोलेका छैनन् । तर, युद्ध र पूजा यी खबरहरुबाट बेखबर भने छैनन् ।

फागुणमा आफन्तका कारण चिनजान

नायिका पूजा शर्मा र व्यापारी युद्ध बाँनियाको भेटघाट गतबर्षको फागुणमा भएको हो । पूजाकै दिदीहरुका कारण युद्धसँग उनको भेटघाट भएको हो । हेटौडाका युद्ध ललितपुरको सातदोबाटोमा बस्दै आएका छन् । वुझिएअनुसार, पूजाको चलचित्र करिअरको बारेमा युद्ध निकै चासो राख्छन् । आफन्तका कारण भेटघाट भएपछि पूजा र युद्ध एक अर्काको राम्रो साथी बनेका छन् । भेट भएको करिब ६ महिनामा पूजा र युद्धले एक अर्काको भविष्यको योजना मात्र साटेका छैनन्, एकले अर्कालाई वुझिरहेका छन् ।

पूजा र युद्ध अहिले नै यो सम्बन्धलाई प्रेमको नाम दिन चाहदैनन् । तर, उनीहरु एक अर्काको नजिकको साथी भने भैसकेको वुझिएको छ । नायिका पूजा शर्माले गतबर्षदेखि नै आफ्नो बिहेको उमेर भैसकेको प्रतिक्रिया मिडियामा दिइरहेकी छिन् । पूजाको बिहेको चर्चा चलेसँगै उनका आफन्तले युद्धको प्रस्ताव अगाडि सारेका थिए ।

युद्धको तस्वीर सार्वजनिक भएसँगै उनको सुगठित शरीरको चर्चा पनि सामाजिक संजालमा सुरु भएको छ । जिममा प्रयोग हुने प्रोटिन लगायतका खाद्यान्नको व्यापार गर्दै आएका युद्ध आफू पनि जिम क्रेजी छन् । नेपाली चलचित्रको कुनै नायक भन्दा युद्ध कम नभएको प्रतिक्रिया सामाजिक संजालमा प्रशस्त भेट्न सकिन्छ ।

पूजाले हालैमात्र ललितपुरमा नयाँ घर बनाएकी छिन् । नयाँ घरमा चाडै नै बसोबास सुरु गर्न लागेकी पूजा बिहेको मुडमा छिन् । पूजा र युद्धको मित्रता बलियो रुपमा अगाडि बढेको छ । उनीहरु, एक अर्कालाई राम्रोसँग वुझेर जीवनलाई नयाँ मोडमा अगाडि बढाउने योजनामा रहेको वुझिएको छ ।

About admin

Check Also

अमेरिकाबाट भाइरल जोडिको घर हेर्न आए ,यस्तो घर बन्यो ,सुत्ने कोठा यस्तो (हेर्नुस् भिडियो )

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *