Monday , October 25 2021
Breaking News
Home / समाचार / भोलिदेखि घरबाहिर निस्किन रोक लगाउँदै फेरी एकसाता निषेधाज्ञा !

भोलिदेखि घरबाहिर निस्किन रोक लगाउँदै फेरी एकसाता निषेधाज्ञा !

झापा । संक्रमण दल बढ्दै गएकाले झापाको एक स्थानीय तहले एक साताका लागि कडा निषेधाज्ञा आदेश जारी गरेको छ । गृहमन्त्रालयसहित स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाँदा कोरोना संक्रमण दर बढ्न थालेपछि स्थानीय तहले निषेधाज्ञा जारी गरेको हो ।

संक्रमण फेरि बढेको भन्दै दमक नगरपालिकाले कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्यराति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गरेको हो ।

आइतबार प्रेस विज्ञप्ति जारी गरेर नगरपालिकाले दिएको जानकारीअनुसार अत्यावश्यकीय काममा बाहेक घरबाहिर निस्कन रोक लगाइएको छ । नगरपालिकाबाट अनुमति नलिई घर बाहिर निस्किएमा कारबाही हुने बताएको छ ।

सबै किसिमका व्यापार, व्यावसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, सम्पूर्ण वित्तीय संस्था, सावारी साधन पूर्णरुपले बन्द हुने जानकारी दिएको नगरपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ ।

About admin

Check Also

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक फ,’सादमा

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक नेता …

Leave a Reply

Your email address will not be published. Required fields are marked *