Monday , December 6 2021
Breaking News
Home / समाचार / फेरी एक पटक चीनवाट संसारलाई दुखी बनाउने खबर बाहिरियो !

फेरी एक पटक चीनवाट संसारलाई दुखी बनाउने खबर बाहिरियो !

एजेन्सी । फेरी एक पटक चीनवाट संसारलाई दुखी बनाउन समाचार बाहिरिएको छ । कोरोना भाइरसको उद्गम स्थल चीनमा फेरी संक्रमितको संख्या थपिन थालेको छ । चीनवाट सुरु भएको महामारीले विश्वलाई आक्रान्त पारेको छ । अझै महामारीको समस्यामा जुधिरहेका विश्वले मुक्ति पाउने दिन कुरेर बसेका छन् ।

तर उद्गम स्थलमै फेरी संक्रमितको संख्या बढ्न थालेको घटनाले थप चिन्तित बनाएको छ । चीनमा आइतबार ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ । ती सङ्क्रमितहरु चीन भित्रै संक्रमित भएका हुन् ।

चीनको जाङ्सु र लियानिङमा ती सङ्क्रमित पाइएको अन्तराष्ट्रिय मिडियामा उल्लेख छ । ती क्षेत्रहरुमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ सङ्क्रमितहरु देखिने गरेका छन् ।चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् ।

चीनको युनान प्रान्तमा देखिएका ती ३६ जना बाहिरबाट आएका नागरिक रहेका चिनियाँ अधिकारीहरुले जनाएका छन् । स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । चीनका अन्य मुख्य शहरहरुमा पनि नयाँ संक्रमित देखिन थालेको समाचार सार्वजनिक भएको छ ।

About admin

Check Also

राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले भने– ‘पुर्वराजा ज्ञानेन्द्रकै कारण म हारे’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *