Friday , September 24 2021
Breaking News
Home / समाचार / आज काठमाडौं उपत्यकामा देखियो यस्तो सङ्केत, सावधानी अपनाउनुहोला

आज काठमाडौं उपत्यकामा देखियो यस्तो सङ्केत, सावधानी अपनाउनुहोला

काठमाडौँ– काठमाडौँ उपत्यकामा संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९९९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना संक्रमित थपिएका हुन् ।

भिडभाड नगर्न, जनस्वास्थ्यका मापदण्ड उल्लघंन नगर्न पटक पटक आदेश दिने उपत्यकाका सिडिओ कार्यालयहरू आदेश कार्यान्वयन भए नभएको खासै ख्याल गरेको पाइँदैन । कोरोना महामारीको पहिलो लहर र दोस्रो लहरको सुरुवाती समय अर्थात् निषेधाज्ञा जारी गरेको वैशाख १६ गतेपछिका केही हप्तासम्म बाटोमा मास्कको प्रयोग गरेर हिँड्ने सर्वसाधारणलाई जरिवाना तिराउन तत्परता देखाउने सिडिओ कार्यालयहरू हाल निषेधाज्ञा उल्लङ्घन गर्ने विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता, व्यवसायी, धर्म संस्कृतिको नाममा जनस्वास्थ्यमा नियम उल्लङ्घन गर्नेलाई अनदेखा गरिरहेको छ । यद्यपि निषेधाज्ञा जारी छ भन्न भने छाडेको छैन ।

आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले आजबाट लागू हुने गरी थप १० दिन निषेधाज्ञाको घोषणा गरेका थिए । उपत्यकामा निषेधाज्ञा घोषणा गर्दै पहिलो बुँदामा नै सबै प्रकारका सभा, सम्मेलन, यस्तै खुला स्थानमा मानिस भेला हुन, सभा जुलुस गर्न, नित्यकर्म बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम आदि नगर्न प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आदेश दिएको छ ।

तर, आज साउन महिनाको दोस्रो सातामा सोमबार पशुपति मन्दिरसँगै उपत्यकाका शिव मन्दिरहरूमा पूजाआरधनामा सरिक हुनेको बाक्लो भिडले न त सामाजिक दूरी कायम गरेका छन् नत मास्कको सही रूपमा प्रयोग गरेका छन् । सोमबार नै ट्याक्सी चालकहरूले आफूहरूमाथि बारम्बार आ’क्रमण गरेको भन्दै पठाओ राइडरहरुको ठुलो सङ्ख्या सडकमा प्रदर्शनमा उत्रिए ।

पछिल्लो २४ घण्टामा संक्रमित ह्वात्तै बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३४२१ जनामा संक्रमण पुष्टि भएको हो । यो अघिल्लो तुलनामा ११८४ जना धेरै संक्रमित संख्या हो । जुन डेढ महिनायताकै बढी संक्रमित थपिएका छन्।

अघिल्लो दिन अर्थात आइतबार देशभर २२३७ जनामा ना संक्रमण पुष्टि भएको थियो । अघिल्लो दिन परीक्षण भने केही अर्थात देशभर १३ हजार ८३४ जनाको स्वाब परीक्षण भएको थियो ।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ५ हजार ३२ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ।

About admin

Check Also

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *