Tuesday , October 19 2021
Breaking News
Home / समाचार / काठमाडौंबाट उडेका बुद्ध एयरमा घट्यो डरलाग्दो घटना, काठमाडौँमा आकस्मिक अवतरण

काठमाडौंबाट उडेका बुद्ध एयरमा घट्यो डरलाग्दो घटना, काठमाडौँमा आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट उडेका बुद्ध एयरका २ जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । धनगढीका लागि उडेको बुद्धको ९एन-एएमडी जहाज साँझ ६ बजे विमानस्थलमा अवतरण गरेको छ । बुद्ध एयर स्रोतका अनुसार जहाजमा ‘प्राविधिक गडबडी’ आएको पत्ता लागेपछि चालक दलका सदस्यले जहाज तत्काल विमानस्थल फर्काउने निर्णय लिएका थिए ।

त्यसपछि जहाज विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ । जहाजमा ६९ जना यात्रु सवार थिए । उनीहरुलाई आजै अर्को जहाजबाट धनगढी पठाइँदैछ । उडानकै क्रममा जहाजको हाइड्रोलिकमा समस्या आएपछि जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गराइएको विमानस्थल प्रमुख प्रताव तिवारीले जानकारी दिए।

‘उडानको क्रममा रहेको कुनै पनि जहाजको हाइड्रोलिकमा समस्या आएपछि लामो धावनमार्गमा अवतरणको प्राथमिकता दिइन्छ, सोहीअनुसार बुद्धको जहाजलाई काठमाडौंमै अवतरण गराइएको हो,’ तिवारीले भने।

यस्तै कम्पनीको अर्को काठमाडौँ–नेपालगञ्ज गन्तव्यका लागि उडेको जहाजमा पनि एक यात्रु बे’होस भएपछि काठमाडौँ अवतरण गरी अस्पताल लगिएको कम्पनीले जनाएको छ । जहाजको यकिन समस्या इन्जिनीयरले गर्ने प्राविधिक परीक्षणपश्चात् बाहिर आउने र प्राविधिक प्रतिवेदनका आधारमा मात्रै जहाज उडानमा लगिने कम्पनीले जनाएको छ ।

विमानस्थलका अनुसार काठमाडौँबाट धनगढी उडेको बुद्ध एयरको बिएचए २५५ नम्बर उडानको एटिआर ७२ जहाजमा प्राविधिक समस्या आएपछि साँझ ६ः३० बजे काठमाडौँ अवतरण भएको थियो । सम्भावित दुर्घटनाको जोखिमलाई दृष्टिगत गर्दै विमानस्थलले जहाज अवतरणका क्रममा सुरक्षा संयन्त्रलाई तैनाथ राखेको थियो ।

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *