Friday , September 24 2021
Breaking News
Home / समाचार / आज देखी १८ गतेसम्मकालागी अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय (बिज्ञप्ति सहित)

आज देखी १८ गतेसम्मकालागी अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय (बिज्ञप्ति सहित)

सातवटै प्रदेशलाई अक्सिजन भरेर राख्न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

सङ्क्रमण दर बढ्दै गएकाले तेस्रो लहर आउन सक्ने भन्दै सबै सामाजिक विकास मन्त्रालयलाई एक हजार दरले अक्सिजनका सिलिण्डर तयारी अवस्थामा निर्देशन दिइएको मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले जानकारी दिए ।

“जनस्वास्थ्यको मापदण्डको पालना र निषेधाज्ञाका बाबजुद पनि कोभिड–१९ को सङ्क्रमण दरमा कमी आएको देखिदैन । विगतका दिनमा जस्तै सङ्क्रमणको दर तीव्र रुपमा बढ्न गई कोभिड–१९ को पुनः अर्को लहर नआउला भन्न सकिदैन”, उनले भने, “भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न एक हजार वटा अक्सिजनका सिलिण्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न हुन अनुरोध गरिन्छ ।”

मन्त्रालयले आजै प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा भएको कार्यक्रममा असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउन सक्ने जानकारी दिएको हो । साथै मन्त्रालयले सिलिण्डर पनि खाली नराख्न र अक्सिजन प्लान्ट, अक्सिजन ट्याङ्क, अक्सिजन कन्सट्रेटर पनि चालू र चुस्त अवस्थामा राख्न निर्देशन दिएको छ ।

त्यस्तै इटहरी उपमहानगरपालिकाले मंगलबार देखी १८ गतेसम्म कार्यपालिका र वडा कार्यलयका सेवा बन्द गर्ने भएकाे छ ।

नयाँ भिरियन्टसहितकाे भाइरसकाे संक्रमणकाे दर बढ्दै गएकाे इटहरीमा पछिल्लाे चरण उपमहानगर तथा वडा कार्यलयमा कार्यरत कर्मचारीहरूमा काेराेना संक्रमण देखिएपछि भाेली (मंगलबार ) देखी साउन १८ गते सम्मका लागि कार्यपालिकाकाे कार्यालय तथा वडा कार्यलयहरूमा हुने आन्तरिक कार्य तथा उपलब्ध हुने सेवाहरू बन्द गरिएकाे प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद सुवेदिले एक सुचना जारी गरी जानकारी गराएका छन् ।

सुचनामा अस्पताल तथा स्वास्थ सेवा, एम्बुलेन्स सेवा, सरसफाइ तथा फाेहाेर व्यावस्थापन सेवा, दमकल लगायतका अत्यावश्यक सेवा भने सुचारू रहने उल्लेख गरिएकाे छ ।

About admin

Check Also

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *