Thursday , October 28 2021
Breaking News
Home / मनोरंजन / जज फेरेर प्रसारण हुँदै ‘नेपाल आइडल- ४’ : हेर्नुहोस

जज फेरेर प्रसारण हुँदै ‘नेपाल आइडल- ४’ : हेर्नुहोस

फ्रेन्चाइज गायन रियालिटी शो ‘नेपाल आइडल’का तीन सिजन निकै सफल रहे । पहिलो सिजनबाट नै चर्चामा आएको यस रियालिटी शोलाई दर्शकले रुचाए । शोबाट केही गायक/गायिकाको उदय भयो । पछिल्लो समय नेपाल आइडलको चौथो सिजन आउने हो कि होइन भन्ने प्रश्न उठिरहेको थियो । शोका तीनै जना जजहरू अर्को रियालिटी शोमा आबद्ध भएपछि नेपाल आइडल बन्द नै हुने हो कि भन्ने धेरैको आशंका थियो ।

तर, नेपाल आइडलका निर्देशक सुरेश पौडेल नेपाल आइडल बन्द नहुने बताउँछन् । उनले भने, ‘फ्रेन्चाइजको अनुमति ३ वर्षको थियो । त्यो सकिएपछि चौथो गर्ने वा नगर्ने दुविधा थियो । अहिले फ्रेन्चाइजको मौखिक अनुमति पाइसकेका छौँ । लिखित अनुमति प्राप्त भएपछि हामी चौथो सिजनको काममा लाग्नेछौँ ।’

निर्देशक पौडेलका अनुसार केही दिनमा नै लिखित अनुमतिपत्र निर्माण पक्षले प्राप्त गर्नेछ । पत्र प्राप्त भएसँगै चौथो सिजनको प्रोमो सार्वजनिक गर्ने पौडेलले बताए ।

चौथो सिजनदेखि भने जजहरू पनि परिवर्तन हुने पौडेलको भनाइ छ । ‘अनुमतिको दुविधा भइरहेको बेला जजहरू अर्कै शोमा जानुभयो । त्यसैले हामी चौथो सिजनमा नयाँ जजहरूसहित प्रस्तुत हुनेछौँ,’ निर्देशक पौडेलले भने ।

निर्माण पक्षले सांगीतिक क्षेत्रका स्थापित व्यक्तिहरूलाई नै जजको रूपमा प्रस्तुत गर्ने योजना बनाइरहेको छ । तर, अनुमतिपत्र प्राप्त नभइसकेकाले कसैसँग औपचारिक कुरा हुन नसकेको पौडेलको भनाइ छ । शिलापत्र

About admin

Check Also

अमेरिकाबाट भाइरल जोडिको घर हेर्न आए ,यस्तो घर बन्यो ,सुत्ने कोठा यस्तो (हेर्नुस् भिडियो )

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *