Sunday , November 28 2021
Breaking News
Home / समाचार / विराज भट्ट घाइते भएपछि फिल्मको छायाँकन रोकियो

विराज भट्ट घाइते भएपछि फिल्मको छायाँकन रोकियो

अभिनेता विराज भट्ट घाइते भएका छन् । भारतको लखनउमा जारी भोजपुरी फिल्म आक्रोशमा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको छ ।

खुट्टा भित्र रगत जमेकाले चिकित्सकले तीन साता आराम गर्न सल्लाह दिएका छन् । अभिनेता भट्ट घाइते भएपछि अहिले फिल्मको छायांकन स्थगित भएको छ । सन्दीप सिंहले निर्देशन गरिरहेको उक्त फिल्ममा प्राची सिंह, सञ्जय पाण्डेय, मनोज टाइगर लगायतको अभिनय छ । ४० प्रतिशत छायांकन सकिएको फिल्मको एक्सन कोरियोग्राफी दिनेश यादवले गरिरहेका छन् ।

अभिनेता विराज पछिल्ला केही सालदेखि भोजपुरी फिल्ममा व्यस्त छन् । नेपालमा विराज निर्देशित, अभिनति र निर्मित साँङ्लो फिल्म प्रदर्शनमा आएको थियो । एक समय विराज भट्ट नेपाली फिल्ममा खुबै छाएका थिए ।

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *