Sunday , September 19 2021
Breaking News
Home / मनोरंजन / किन दसैँमा कहिल्यै ससुराली जाँदैनन् राजेश हमाल, यस्तो छ कारण

किन दसैँमा कहिल्यै ससुराली जाँदैनन् राजेश हमाल, यस्तो छ कारण

काठमाडौँ / दसैँअघि काठमाडौँमा आयोजित एउटा कार्यक्रममा अभिनेता राजेश हमालले सञ्चारकर्मीसँग कुराकानी गर्ने मौका पाए।उनले यसपटको दसैँ धनकुटामा मनाउने तय भए पनि अन्तिम सयमा धनकुटाको कार्यक्रम स्थगित भएपछि काठमाडौँमै दसैँ मनाउने बताए।

आज प्रकाशित साप्ताहिकका अनुसार कुराकानीकै क्रममा दसैँमा ससुराली कहिले जाने भन्ने प्रसंग चल्यो।हमालको जबाफले सञ्चारकर्मी नै आश्चर्यमा परे। उनले विवाहपछि अहिलेसम्म दसैँकै लागि भनेर ससुराली नगएको बताए।

ठट्यौली पारामा हमालले भने, ‘ससुरालीको सदस्य नै मेरो घरमा आएको छ। त्यसैले अहिलेसम्म दसैँ तिहारमा ससुराली गएको छैन।’यसपटक धनकुटातिर गएको भए यो पटक दसैँमा ससुराली जाने योजनता थियो, तर नमिलेको उनले बताए।

चाडपर्वमा नगए पनि अन्य समयमा भने ससुराली पुगेको हमाल बताउँछन्।ससुरालीमा हुने ज्वाइँको स्वागत सत्कार पनि आफूलाई रमाइलो लाग्ने उनी बताउँछन्।

About admin

Check Also

टिक-टक स्टारहरू एउटै भिडियोमा ,उशा उप्रती देखी बिना राउत एकै ठाउमा (भिडियो सहित)

को’रोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *