Monday , October 25 2021
Breaking News
Home / समाचार / पारस शाहले भने, ‘हेलमेट लगाउनु नलगाउनु मेरो मनको इच्छा हो’

पारस शाहले भने, ‘हेलमेट लगाउनु नलगाउनु मेरो मनको इच्छा हो’

काठमाडौं । पूर्व युवराज पारस शाहले हार्ले डेभिसनको बाइक चलाउँदा हेलमेट लगाउनु नपर्ने दाबी गरेका छन्। शुक्रबार साँझ हेलमेट नलगाएको आरोपमा प्रहरीले समात्न खोजेपछि प्रहरीसँग पारसको झगडा भएको थियो।

प्रहरी र पारस शाहबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल छ। सो भिडियो बारे विभिन्न टिकाटिप्पणी भइरहेका छन्।

सामाजिक सञ्जाल मार्फत पारसले हार्ले डेभिसनको बाइस चलाउँदा अमेरिकामा पनि हेलमेट नलगाउने गरेको बताएका हुन। उनले फेसबुकको स्टोरीमा लेखेका छन्, ‘यो मेरो जिन्दगी हो। अमेरिकामा पनि हार्ली चलाउँदा कसैले पनि हेमलेट लगाउँदैनन्।’

अन्य समाचार : नेपालको नाम लिँदै मोदीले भने, ‘हामी सुख दुःखका साथी हौँ’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सहितका चार छिमेकी मुलुकहरूलाई सुख–दुःखको साथी भएको बताउनुभएको छ ।

शनिबार एक ट्विट गर्दै मोदीले नेपालसहित भुटान, माल्दिभ्स, मरिसस भारतको छिमेकी मुलुक मात्र नभएर आफूहरूको सोच र सामाजिक रीतिरिवाजमा पनि धेरै समानता रहेको उल्लेख गरेका छन् ।

उहाँले लेख्नुभएको छ, ‘हामी सुख–दुःखका साथी हौँ ।’ छिमेकी मुलुकहरुमा आइपर्ने आपत्–विपतमा सबैभन्दा पहिला आफूहरूले नै एकार्कोलाई मद्दत गर्ने गरेको उहाँको भनाइ छ ।

About admin

Check Also

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक फ,’सादमा

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक नेता …

Leave a Reply

Your email address will not be published. Required fields are marked *