Friday , September 24 2021
Breaking News
Home / समाचार / कस्तो रहला तपाईको आइतबार? पाथिभारा माताको दर्शन गरि साउन १७ गतेको राशिफल हेर्नुहोस्

कस्तो रहला तपाईको आइतबार? पाथिभारा माताको दर्शन गरि साउन १७ गतेको राशिफल हेर्नुहोस्

मेषः नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन् । कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ । निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ । परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ ।

बृषः सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धो का हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ ।

मिथुनः आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ ।

कर्कटः अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ । प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ । मेहनत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् । तर खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ ।

सिंहः पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । साँझदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ ।

कन्याः आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । चुनौतीभित्र अवसर खोज्ने समय छ । प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ । आफन्तबाट टाढिनुपर्ला ।

तुलाः नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको ब न्ध न कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन् ।

बृश्चिकः मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

धनुः नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानो प्रयासले नै काम बन्नेछ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ । मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ ।

मकरः प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ । जटिल काम समेत सम्पादन हुनेछ । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला । समस्या निम्त्याउन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् ।

कुम्भः आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।

मीनः चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ । समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ । परिस्थितिले पनि स्वतन्त्रतामा बाधा पुर्याउला । साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ ।

About admin

Check Also

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *