Monday , October 18 2021
Breaking News
Home / समाचार / ७ वर्षपछि आफ्ना श्रीमानको अनुहार देख्न पाएकी श्रीमतीको यस्तो प्रश्न सुनेर उनका श्रीमानले आँखाबाट आँशु झारे र भने ….

७ वर्षपछि आफ्ना श्रीमानको अनुहार देख्न पाएकी श्रीमतीको यस्तो प्रश्न सुनेर उनका श्रीमानले आँखाबाट आँशु झारे र भने ….

यतिका वर्ष (७) सम्म के गरेर बस्नुभयो हजुर ? बच्चाहरुको मेरो याद आएन ? ७ वर्ष पछि आफ्ना श्रीमानको अनुहार भिडियोकलमा देख्न पाएकी महिलाले श्रीमानलाई गरेको पहिलो प्रश्न थियो ।

श्रीमतीको यस्तो प्रश्न सुनेर उनका श्रीमानले आँखाबाट आँशु झारे । श्रीमानको आँखामा आँशु देखेर श्रीमती पनि भावुक भइन् । उनले श्रीमानलाई नरुनु भनेर सम्झाइन् ।

आफुले सोँचेको सपना मैले पुरा गर्न सकिन । त्यसमा मलाई क्षमा देउ । म त्यो भन्दा केही बोल्न पनि सक्दिन । श्रीमानले त्यसो भनेर भक्कानि- एपछि उनको श्रीमतीले पनि मन थाम्न सकिनन् ।

उनी पनि श्रीमानसंगै रोइन् । ७ वर्षपछि एक युट्युवरले उनलाई श्रीमानसंग कुरा गराएका थिए । युट्युवरले भिडियोमा फोन लगाइदिए अनि श्रीमतीको अनुहार देखाएर उहाँ को हुनुहुन्छ तपाईले चिन्नुहुन्छ ? भन्दै मोवाइल देखाइदिए ।

श्रीमानले देवकी भनेर बोलाउँदा श्रीमतीले पनि रुन्चे अनुहार लगाएर हाँसिन् अनि भनिन्, कहाँ हराउनुभएको यतिञ्जेल ? श्रीमानले भने म जिउँदै छु अब तिमीले केही चिन्ता नगर ।

तर मलाई विगतको कुरा भने याद नदिलाउ । दुई तिन वर्ष अघि म जिवितै फर्कन्छु जस्तो पनि लागेको थिएन । तर अब म बाँच्छु जस्तो लागेको छ । अब म फर्कन्छु । म केही सामान लिएर आएको थिएँ तर यहाँ आएर के भयो मलाई नै थाहा छैन । श्रीमतीले ऋण भन्ने सबैलाई लाग्छ टेन्सन नलिनु भनेर सम्झाइन् ।

मलाई सबैको याद आउँथ्यो, तर मसंग मोवाइल पनि थिएन, म बाँच्छु जस्तो पनि लागेको थिएन । सबै झोला सबै चोरी भयो मसंग तँलाई सम्पर्क गर्ने नम्बर पनि थिएन, श्रीमानले भने । अहिले उनीहरुका छोराछोरी पनि ठूला भएका छन् ।

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *