Friday , September 24 2021
Breaking News
Home / समाचार / अब लाइसेन्सको ट्रायल खुल्ने, विभागले जारि गर्यो यस्तो सूचना: २ मिनेट समय दिएर अवस्य पढ्नुहोस

अब लाइसेन्सको ट्रायल खुल्ने, विभागले जारि गर्यो यस्तो सूचना: २ मिनेट समय दिएर अवस्य पढ्नुहोस

सरकारलेसंक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो ।

विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए ।

पछिल्लोपटक विद्यालय, विश्वविद्यालयलगायतका परीक्षा धमाधम सुरु भएपछि विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो । विभिन्न खाले सवारी साधान चलाउनका लागि अनलाइन आवेदन दिएर लाखौं सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा बसेका छन् ।

गत वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो । अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुर्दाकुर्दै कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बढेपछि पुनः ट्रायल परीक्षा बन्द गरिएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

About admin

Check Also

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *