Sunday , September 19 2021
Breaking News
Home / रोचक / चुम्बन गर्दा ख्याल गर्नुपर्ने ५ कुरा, नत्र घातक हुनसक्छ !अवस्य पढ़नुहोस्

चुम्बन गर्दा ख्याल गर्नुपर्ने ५ कुरा, नत्र घातक हुनसक्छ !अवस्य पढ़नुहोस्

माया गर्ने जोडी का लागी होस् वा विवाहित जोडी दुबैका लागी चुम्बन महत्त्वपूर्ण मानिन्छ । विशेष गरी जोडीका लागी प्रेमलाई प्रस्ट्याउन वा प्रेमको निशानीका रूपमा चुम्बनलाई मान्ने गरिन्छ ।

चुम्बनले मा’नसिक स्थिरताका साथै शारीरिक सामिप्यता समेत बढाउँछ । तर चुम्बन गर्ने हरेक पटक माया साट्ने विकल्प मात्र नभई रोग भित्र्याउने कारण पनि बन्न सक्छ । तसर्थ चुम्बन गर्दा केही कुरामा ख्याल गर्नुपर्छ ।

चुम्बनको पछाडि पनि एउटा विज्ञान लुकेको छ । वैज्ञानिकका अनुसार १० सेकेन्डको एउटा चुम्बनमा ८ करोड ब्याक्टेरिया एकआपसमा शेयर हुन्छन् । विज्ञान भन्छ, यसका कैयौं फाइदा छन् भने यसका नोक्सान पनि छन् ।

चुम्बनले यति धेरै ब्याक्टेरियाको आदान प्रदान भए पनि हात मिलाउँदा भने बिमारी हुने सम्भावना बढी हुन्छ । चुम्बनमा यति धेरै ब्याक्टेरिया आदान प्रदान भए पनि यो युगल जोडीका लागि फाइदाजनक नै छ । चुम्बन गर्दा यसबाट हुने खतराबाट जोगिन यी ५ कुरामा सचेत हुनुहोस्

१. रुघाखोकी रुघाखोकी चुम्बनबाट सर्ने रोगमा सबैभन्दा पहिलोमा पर्दछ । रुघाखोकी भएका व्यक्तिलाई चुम्बन गर्दा उक्त व्यक्तिको र्‍याल अर्को व्यक्तिको मुखमा पर्ने भएकाले यो रोग सर्ने खतरा हुन्छ । तसर्थ रुघा लागेको बेला चुम्बन नगर्नु बेस हुन्छ ।

२. मुख वा गिजासम्बन्धी रोग :यदि कोही मानिसमा मुख वा गिजामा कुनै सङ्क्रमण वा रोग छ भने चुम्बनको माध्यमबाट यो रोग सर्ने गर्दछ । कतिपय अवस्थामा चुम्बनले जिब्रोको समेत रोग हुने खतरा हुन्छ ।

३. खटिरा : मुखमा खटिरा आएको छ भने त्यस बेला उक्त मानिसलाई चुम्बन गरेमा पनि खटिरा सर्न सक्छ । खटिरा आफैमा सरुवा रोग भएकाले चुम्बन गर्दा पार्टनरमा सर्ने सम्भावना हुन्छ ।

४. श्वासप्रश्वास सम्बन्धी रोग : श्वासप्रश्वास सम्बन्धी समस्या वा रोग भएका व्यक्तिलाई चुम्बन गर्दा पार्टनरमा पनि यो रोग सर्न सक्छ । अर्थात् ज्वरो, दादुरा, फोक्सो सम्बन्धी रोग भएका व्यक्तिलाई चुम्बन गरेमा पार्टनरमा यी रोग सर्ने उच्च खतरा हुन्छ ।

५. फोका/ठेउला : केही मानिसमा ओठमा फोका वा ठेउला आउने गर्दछ । फोका वा ठेउला आएको बेला पार्टनरलाई चुम्बन नगर्नु बेस हुन्छ । अन्यथा उक्त फोका वा ठेउला सर्ने जोखिम हुन्छ ।

के-के छन् त चुम्बनका फाइदाहरु ? -चुम्बन गर्नाले ब्लड प्रेसर कम गर्न सहयोग गर्छ । -चुम्बनले टाउको दुखाइ कम गर्छ भन्ने मान्यता छ । -चुम्बनले महिलालाई पीरियड्सको समयमा हुने दुखाईमा पनि राहत प्राप्त हुुन्छ ।

-चुम्बनले दाँतमा हुने क्याबिटीबाट बचाउँछ । चुम्बन गर्दा मुख धेरै चल्ने हुँदा क्याविटी युक्त ब्याक्टेरियाहरु सफा हुन्छन् । -चुम्बनले सेराटोनिन, अक्सीटसिन, डोपामाइन जस्ता ह्याप्पी हार्मोनहरुलाई बढाउने भएकोले तपाईंले रिफ्रेस र आनन्द अनुभव गर्नुहुन्छ । -चुम्बनले अनुहारको मासंपेशीलाई टोन गरेर अनुहार चाउरी पर्नबाट बचाउँछ

चुम्बनका विभिन्न प्रकार १.फान्सेली चुम्बन यो भावुक तरिकाको चुम्बन हो । फ्रान्सेली चुम्बनः चुम्बनको पहिलो सूचीमा पर्छ । आफ्नो घनिष्ट र मनमिल्ने साथीसँग रोमान्स गर्न चाहनुहुन्छ भने यो चुम्बन उत्कृष्ट मानिन्छ । तपाईं यो चुम्बन गर्न चाहनु हुन्छ भने जिब्रोले साथीको ओठ विस्तारै छुनुहोस् र रोमान्स गर्नुहोस् । यस्तो चुम्बनले साथीलाई मायाको उत्कृष्ट अनुभव गराउँछ ।

२.एक ओठ चुम्बन यो आफ्नो पार्टनरलाई प्रेम अभिव्यक्ति गर्ने अर्को उत्कृष्ट चुम्बन हो । यो प्रक्रियाले ‘म तपाईंलाई प्रेम गर्छु’ भन्ने भाव अभिव्यक्त गर्छ । यो चुम्बनका लागि नजिकिएर विस्तारै ओठ छुनुहोस् । अनि विस्तारै एउटा मात्र ओठ टोक्नुहोस् । टोक्दा होस् पुर्याउनुहोस् आफ्नो पार्टनरलाई नदुखोस् । यसले छुट्टै रोमान्टिक बन्न साथ दिन्छ ।

३.छेपारे चुम्बन के तपाईंले कहिल्यै छेपारोले जिब्रो बाहिर निकालेको देख्नु भएको छ ? तपाईं आफ्नो पार्टनलाई खुशी पार्न चाहनुहुन्छ भने यो अर्को उत्कृष्ट चुम्बनको शैली हो । जिब्रो बाहिर निकालेर जिब्रो जिब्रोले छुने तर ओठको प्रयोग नगर्ने चुम्बनले तपाईंको साथीलाई नयाँ अनुभूति गराउँछ । कतिपयले जिब्रो बाहिर निकालेर गर्ने चुम्बनलाई नरुचाउँन पनि सक्छ, त्यसलाई भने तपाईंले बुझ्न सक्नुपर्छ ।

४.आइस चुम्बन तपाईं चुम्बनका लागि नयाँ तरिका खोज्दै हुनुहुन्छ ? त्यसका लागि आइस चुम्बन पनि अर्को उपाय हो। तपाईं आफ्नो प्रेमिलाई चुम्बन गर्नु अघि ओठमा बरफको सानो टुक्रा च्याप्नुहोस् । जब चुम्बन सुरुहुन्छ तब बरफ पुरै पगाल्नुहोस् र आफ्नो पार्टनरलाई फरक चुम्बनको अनुभूति गराउनुहोस् । यसले तपाईंको प्रेममा नयाँ बहार ल्याइदिन्छ ।

५.निबेल चुम्बन यो अली फरक खालको चुम्बन हो । आफ्नो पार्टनरको ओठ हल्का दुख्नेगरी च्याप्नुहोस् । जसले तपाईंको प्रेम गर्ने मानिसलाई हल्का दुःखोस् । यो दुःखाइले तपाईं दुई बीचको माया अझ बढ्छ । यद्यपी धेरै दुःखाउनुभएमा भने तपाईंको सम्बन्ध बर्बाद हुन्छ भन्ने कुरामा भने तपाईं सचेत हुनैपर्छ । प्रेमीलाई आफ्नो बसमा राख्नका निम्ति यो चुम्बन विशेष मानिन्छ ।

६.लिप ट्रेस चुम्बन यो चुम्बन भने चञ्चल स्वभाव गरेका प्रेमीप्रेमीकाले रुचाउँछन् । यद्यपी एक ओठले गर्ने ट्रेस चुम्बन धेरैले मन पराउने गर्छन् । जिब्रोले बिस्तारै बीचबाट खोजेर ओठ पहिल्याएर गर्ने चुम्बनलाई लिप ट्रेस भनिन्छ । यस्तो चुम्बनले सम्बन्धलाई दीर्घकाली बनाउन तपाईंमा उत्साह थप्ने गर्छ ।

About admin

Check Also

कसरी गर्छन् महिलाले ‘ह’स्त मै’थुन’ ?

मेरो नाम हना हो र म ह स्त मै-थुन गर्छु । तपाईं गर्नुहुन्छ ? धेरै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *