Monday , October 25 2021
Breaking News
Home / मनोरंजन / श्रृंखला खतिवडालाई अमेरिका उडाउन गएका सिसन बानियाँ भावुक बने, शृखलाले उनको आँखामा हेर्न सकिनन्

श्रृंखला खतिवडालाई अमेरिका उडाउन गएका सिसन बानियाँ भावुक बने, शृखलाले उनको आँखामा हेर्न सकिनन्

काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा अध्ययनका लागि अमेरिका प्रस्थान गरेकी छिन् । रुपकी मात्रै सुन्दरी नभई दिमागकी पनि सुन्दरको उपाधि पाएकी पूर्व मिस नेपाल श्रृङ्खला हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।

खतिवडाको विदाईको लागी सिसन बानियाँ र परिवारका केही सदस्य विमानस्थल पुगेका छन् । आर्किटेक्चरमा स्नातक गरेकी श्रृंखलाले हावर्ड विश्वविद्यालयमा स्नातकोत्तरका लागि त्यस तर्फ गएको परिवारले जनाएको छ । शृखलालाई बिदाई गर्न विमानस्थल पुगेका उनका प्रेमी भनिएका सिसन र शृखला दुवै भावुक देखिन्थे ।

पूर्व मिस नेपाल शृङ्खला खतिवडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा अध्ययन गर्ने मौका पाएकी छिन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले उक्त खुसीलाई सेयर गरेकी छिन् ।

युलेन्स एजुकेशन फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत अरनिको पाण्डेको ट्वीटर हेण्डलवाट श्रृंखलालाई मेन्सन गरेर दिएको वधाइलाई रिट्वीट गर्दै श्रृंखलाले अवको दुइवर्ष धेरै मेहनत गर्ने उल्लेख गरेकी छिन् । उनले आफुलाई निरन्त गाइड गरेकोमा अरनिको पाण्डेलाई धन्यवाद ज्ञापन गरेकी छिन् । अमेरिकाको उक्त विश्वविद्यालयमा उनले सहरी विकास योजनामा स्नातकोत्तर गर्न लागेकी हुन् ।

About admin

Check Also

‘मलाई सलमान खान मनपर्छ, बिहेपनि उहाँसँगै गर्न चाहान्छु’- सुष्मा कार्की

नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *