Monday , October 18 2021
Breaking News
Home / मनोरंजन / घरमा श्रीमती हुदाँ हुदै बाहिर चक्कर चलाउने बलिउडका चर्चित अभिनेता..

घरमा श्रीमती हुदाँ हुदै बाहिर चक्कर चलाउने बलिउडका चर्चित अभिनेता..

मुम्बई(एजेन्सी) । बलिउडमा यस्ता कैयौं कलाकार छन्, जसको अफेयरको कुरा सुनेर केही अभिनेताका पत्नीले उनीहरुको साथ छोडे भने केहीले भने आफ्नो पतिको साथ दिए । बलिउडमा यस्ता कैयौं कलाकार छन्, जसले दोस्रो महिलासँग प्रेम सम्बन्ध कायम गर्नका लागि आफ्नो पत्नीलाई धोका दिए । तर पनि पत्नीहरुले उनीहरुलाई माफी दिए र हाल आफ्नो खुशी जिन्दगी बिताइरहेका छन् ।

अभिनेता आदित्य पञ्चोलीले अभिनेत्री जरीना वहाबसँग विवाह गरेका थिए । विवाहपछि आदित्यको प्रेम पुजा बेदीसँग भयो र दुबै एकअर्कासँग डेट गर्न थाले । केही समय पछि उनीहरुको ब्रेकअप भयो । त्यसपछि उनी कंगना रनावतसँग डेट गर्न थाले । आदित्य र कंगनाको सम्बन्धमा दरार उत्पन्न भएपछि उनीहरुको पनि ब्रेकअप भयो । आदित्यको गल्तीका बाबजुद पनि जरीनाले आफ्नो पतिको साथ दिइरहिन् ।

अभिनेता राज कपूरलाई बलिउडमा ‘शोमेन’का रुपमा पनि चिनिन्छ । राज कपूरले कृष्णा मल्होत्रासँग सन् १९४६ मा विवाह गरेका थिए । त्यसपछि उनको प्रेम नरगिस दत्तसँग भयो । दुवैजना एकअर्कालाई प्रेम गर्दथे । भारतीय फिल्मको इतिहासमा राज कपूर र नरगिसको प्रेमकथा अमर छ । नरगिससँगको ब्रेकअप पछि राज कपूर बैजयन्ती मालासँग नजिकिए । यसपछि उनको नाम जीनत अमानसँग जोडियो । यी तमाम अफेयर्सका बाबजुद पनि कृष्णाले उनलाई स्वीकारिन् ।

अभिनेता अमिताभ बच्चनको नाम आज पनि अभिनेता रेखासँग जोडिन्छ । रेखाको प्रेमकथा कहिँ कतै लुकेको छैन । रेखा र अमिताभको भेट फिल्म ‘दो अञ्जाने’को सेटमा भएको थियो । अमिताभले जया बच्चनसँग विवाह गरेका छन् । अमिताभ र रेखाको जोडीले कैयौं हिट फिल्म दिएका छन् । यही क्रममा उनीहरु नजिकिए र एकअर्कालाई डेट पनि गर्न थाले । फिल्म ‘सिलसिला’ यी तीनको वास्तविक कथामा आधारित छ भनेर पनि भनिन्छ । अमिताभ र रेखाको सत्यता सम्बन्ध थाहा हुँदाहुँदै पनि जयाले अमिताभलाई स्वीकारिन् ।

एकताका बलिउडमा चकलेटी हिरोको पहिचान बनाएका गोविन्दाले सन् १९८७ मा सुनिता आहुजासँग विवाह गरे । गोविन्दा र रानी मुखर्जीको जोडी बलिउडको सबैभन्दा हिट जोडीमध्ये एक थियो । फिल्ममा काम गरिरहँदा दुवैको नजिकपना बढ्यो र दुवै प्रेममा परे । रानी र गोविन्दाको भेट फिल्म ‘हद कर दी आपने’ को सेटमा भएको थियो । गोविन्दा आफ्नो वैवाहिक जीवनलाई उजाडिएको हेर्न चाहदैन थिए । त्यही कारण उनले रानीसँग ब्रेकअपको निर्णय लिए ।

बलिउडका रोमान्स बादशाह शाहरुख खान एक यस्ता अभिनेता हुन्, जसलाई जोकोही पनि चाहन्छन् । फिल्म ‘डन’को सुटिङका समयमा शाहरुख र प्रियंका चोपडाको दोस्ती निकै बढेको थियो । यसपछि शाहरुखकी पत्नी गौरी खानले शाहरुखलाई प्रियंकासँग फिल्ममा अभिनय गर्न रोक लगाइन् ।

About admin

Check Also

गायक रामजी खाँडले बनाए राजधानीमै ५ करोडको घर ( भिडियो हेर्नुहोस् )

लोकप्रिय लोकदोहोरी गायक रामजी खाँडले काठमाडौंमा आफ्नै घर बनाएका छन।झन्डै २ दशक लामो संगीत यात्रामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *