Sunday , September 19 2021
Breaking News
Home / समाचार / अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी रेष्टुरेन्टमा काम गर्छिन्

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी रेष्टुरेन्टमा काम गर्छिन्

न्यूयोर्क । तपाईंलाई लाग्ला, राष्ट्रको उच्च ओहोदामा रहेकाको परिवारको जीवन सुखी र भव्य हुन्छ । तर, त्यस्तो होइन । केही यस्ता अपवाद हुन्छन् जसले राजनीति व्यापार होइन, सेवा हो भन्ने सन्देश दिन्छ ।

जस्तै हेरौं न : अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी सासालाई ।अमेरिकी राजनीतिको एक शक्तिशाली जोडी ओबामा दम्पत्ति उत्तिकै केयरिङ अभिभावक पनि हुन् । यसकारण मिसेल र बाराकले आफ्ना छोरीहरुलाई गर्ने व्यवहारलाई पनि निकै चासोका साथ हेर्ने गरिन्छ ।

बाराककी कान्छी छोरी १५ वर्षिया सासा ओबामा अहिले एक अमेरिकी रेष्टुरेन्टमा काम गर्छिन् । स्कुलबाट समर बिदा भएपछि उनी खर्च जुटाउन काममा लागेकी हुन् ।

उनी अहिले म्यासाचुसेट्स राज्यको एक रेष्टुरेन्टमा क्यासिअरको काम गर्दैछिन् स्थानीय मार्था भिनेयार्ड रेष्टुरेन्टमा सासा ग्राहकको अर्डर लिन्छिन्, क्यासलाई रजिस्टर गर्छिन् र लन्चका लागि अन्य स्टाफलाई सघाउँछिन् ।

रेष्टुरेन्टमा उनले काम गर्दै गरेका तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल भैरहेका छन् ।त्यहाँको एक चर्चित अखबार बोस्टन हेराल्डका अनुसार अमेरिकी खुफिया एजेन्सीका ६ जना सुरक्षाकर्मीहरु सासाले काम गर्ने रेष्टुरेन्टबाहिर उनको काम समाप्तीको पर्खाइमा हुन्छन् । सासाले अहिले चारघण्टा काम गर्ने गरेकी छिन् ।

About admin

Check Also

गायिका विष्णु माझीको घरमा प्रहरी, घर पुग्दा यस्तो अवस्थामा (भिडियो सहित)

स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली चर्चित लाेकदाेहाेरी गायिका विष्णु माझीको माइतीघर चापाकोट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *