Sunday , September 19 2021
Breaking News
Home / समाचार / डब्लुएचओले दियो संसारलाई त्रसित गराउने खबर ! अब बन्द गर्नै पर्छ?

डब्लुएचओले दियो संसारलाई त्रसित गराउने खबर ! अब बन्द गर्नै पर्छ?

एजेन्सी । विश्वभरी भाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ। यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन्।

त्यस हप्ता ३८ लाख मानिस भाइरसबाट सङ्क्रमित भएका थिए। संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्वन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको जनाएको छ। पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार सङ्क्रमित भएका छन्।

त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्लएचओको भनाई छ। त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृ’त्यु भएकाहरुको सङ्ख्यामा पनि थोरै बृद्धि भएको डब्लुएचओका अधिकारीहरुले जनाएका छन्। डब्लुएचओले विश्वका १३२ देशमा को’रोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ ।

सङ्क्रमितहरुको कुल सङ्ख्याका आधारमा अमेरिका सवैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुले क्रमशः अमेरिकालाई प’छ्याइरहेका छन्। कतिपय देशहरुमा भाइरसको चौथो चरणको महामारी समेत सुरु भएको छ। त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लुएचओले जनाएको छ ।

About admin

Check Also

गायिका विष्णु माझीको घरमा प्रहरी, घर पुग्दा यस्तो अवस्थामा (भिडियो सहित)

स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली चर्चित लाेकदाेहाेरी गायिका विष्णु माझीको माइतीघर चापाकोट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *