Friday , September 24 2021
Breaking News
Home / समाचार / एसईईको परीक्षाफल प्रकाशित हुँदै

एसईईको परीक्षाफल प्रकाशित हुँदै

काठमाडौं । एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी थालेको हो ।

बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

अध्यक्ष पौडेलले एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा प्राविधिक सम्पादन मात्रै बाँकी रहेको पाइएको बताउनुभयो ।

आगामी हप्ताभित्र सार्वजनिक हुनेछ । गत जेठ १३ गतेदेखि तय भएको एसईईको परीक्षा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो ।

भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्न निर्देशन दिएको थियो ।

About admin

Check Also

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *