Monday , October 25 2021
Breaking News
Home / समाचार / नेपालमा दुर्लभ घटना : सोमिकाले जन्माइन् एकै पटक ५ वटा बच्चा

नेपालमा दुर्लभ घटना : सोमिकाले जन्माइन् एकै पटक ५ वटा बच्चा

काठमाडौ । नेपालमा अनौठो अर्को घटना भएको छ । नुवाकोटकी २८ वर्षकी सोमिका तामाङले एकै पटक ५ वटा शिशुलाई जन्म दिनुभएको छ ।

थापाथलीस्थित परोपकार प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनुभएकी तामाङले चार जीवित र एक जना मृत शिशुलाई जन्म दिनुभएको हो ।

मृतक शिशु छोरा हुन् भने अन्य चार जना छोरी भएको अप्रेशन टोलीका प्रमुख डा. कीर्तिपाल सुवेदीले जनकारी दिनुभयो ।

एक जना शिशुलाई एनआईसीयूमा राखिएको छ तीन वटा शिशुलाई आमाको जिम्मा लगाइसकेको डा. सुवेदीले बताउनुभयो ।

एक जना शिशुलाई एनआईसीयूमा राखे पनि अक्सिजन दिन नपरेको उहाँले बताउनुभयो ।

एनआईसीयूमा राखेको बच्चाको तौल आठ सय ग्राम छ भने अन्य तीन जनाको तौल क्रमश १.८, १.९, १.६ ग्राम रहेको छ ।

तामाङले नियमित रुपमा प्रसूति गृहमा गर्भ जाँच गराउँदै आउनुभएको थियो । ‘उहाँ २८ हप्तामा नियमित परीक्षण गर्न आउँदा एक जना बच्चा गर्भमै मृत्यु भएको पाएका थियौँ ।

तर, चार जना बच्चा सकुशल नै भएकाले हामीले निगरानीमा राखेका थियौँ’, अस्पतालकी निर्देशक डा. संगीता मिश्राले बताउनुभयो ।

गर्भवतीको पेटमै पानीको फोका फुटेपछि सोमबार विहान शल्यक्रियामार्फत सुत्केरी गराउनु परेको हो ।

डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा छ जना चिकित्सकको टोलीले सोमिकाको अप्रेशन गरेको हो । डा. सुवेदीले भन्नुभयो, ‘हामीले अप्रेशनको बेला केही जटिलता आउला कि भनेर सचेत थियौँ ।

तर, त्यस्तो कुनै कम्प्लिकेसन आएन ।’ चार जनासम्मको बच्चा सामान्यतया जन्मिराख्ने भए पनि त्यसभन्दा माथिको बच्चा जन्माउनु भने दुर्लभ केश भएको डा. मिश्राले बताउनुभयो । यो नेपालका लागि दुर्लभ नै हो ।

About admin

Check Also

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक फ,’सादमा

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक नेता …

Leave a Reply

Your email address will not be published. Required fields are marked *