Friday , September 24 2021
Breaking News
Home / समाचार / यो त अति भएन र ? गाउँपालिकाको उपाध्यक्षका ससुराको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा

यो त अति भएन र ? गाउँपालिकाको उपाध्यक्षका ससुराको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा

काठमाडौ । स्थानिय तहलाई जनताका लागि सिंहदरवार हो । जनताका काम छिटो र छरितो बनाउनका लागि स्थानिय तहको परिकल्पना गरियो । अहिले महामारीका कारण सर्वसाधारण बाहिर निस्कन पाएका छैनने । त्यसैले सरकारी कामकाज पनि निकै कम हुने गरेका छन् । अत्यावश्यक बाहेक सर्वसाधारण वाहिर ननिस्कने भएकाले कामकाज पनि कम भएका हुन् ।

तेह्रथुममा गाउँपालिका उपाध्यक्षलाई शोक पर्दा पालिकाभर सार्वजनिक बिदा दिइएको छ । सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक विदा घोषणा गरिएको छ । मेन्छयायेम गाउँपालिकाका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमको ससुराको निधन भएपछि पालिकाले सार्वजनिक बिदा दिएको हो ।

उपाध्यक्ष तिम्सिनाका ससुरा विष्णुप्रसाद गौतमको गएराति पौने १२ बजे ९६ वर्षको उमेरमा निधन भएको थियो । उपाध्यक्षलाई ससुराको शोक परेपछि गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवं गाउँपालिका मातहतका कार्यालयहरु ९स्वास्थ्य संस्थाबाहेक० सबै बन्द हुने सूचनामा जनाइएको छ । गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले उपाध्यक्षकै ससुरा भएका कारण स्थानीय तह ऐन सञ्चालनले दिएको अधिकार प्रयोग गरी शोक बिदा दिएको दाबी गर्नुभएको छ ।

‘उपाध्यक्षकै ससुराको निधन भएको छ । गाउँपालिका नजिकै उहाँको घर छ । जनप्रतिनिधिहरु पनि मलामी जानु नै पर्यो । त्यसैले स्थानीय तह सञ्चालन ऐनको विशेष अधिकार प्रयोग गरेर एक दिन शोक बिदा दिएका हौं ।’

About admin

Check Also

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *