Thursday , October 28 2021
Breaking News
Home / समाचार / भूटानले आफैँ ल्याइदियो नेपाललाई ३ लाख डोज एस्ट्रजेनका खोप

भूटानले आफैँ ल्याइदियो नेपाललाई ३ लाख डोज एस्ट्रजेनका खोप

काठमाडौं । भूटानले अनुदानमा दिएको को’रोना भाइरसबिरुद्धको ३ लाख डोज खोप नोपाल आइपुगेको छ । भुटानले आफ्नै राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल ल्याइदिएको हो ।

उक्त खोप आज विहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बताइएको छ । यो खोपलाई टेकुमा भण्डारण गरेर राखिने र प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई पहिलो डोजका रुपमा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भूटानले आफ्नो जनसंख्या भन्दा बढी खोप प्राप्त गरेपछि बाँकी रहेको खोप नेपाललाई अनुदानमा दिएको हो । उसले ‘को-भ्याक्स’ सुविधा र विभिन्न मुलुकबाट ९ लाख भन्दा बढी खोप पाएको थियो ।उता भारतमा को’रोना संक्रमितको संख्या लगातार बढिरहेको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। यो जुलाई ७ पछिकै सबैभन्दा बढी हो। बिहीबार ४० हजार ८९७ संक्रमित निको भएका छन् भने ४६५ जनाको मृ’त्यु भएको छ। भारतमा हालसम्म कुल ४९ करोड डोज खोप लगाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म ३ करोड १८ लाखभन्दा बढी संक्रमित रहेको भारतमा ३ करोड १० लाख निको भएका छन् भने ४ लाख २६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *