Thursday , January 27 2022
Breaking News
Home / रोचक / विवाह गर्छु भन्दै उसले मलाई ३ दिन सम्म………

विवाह गर्छु भन्दै उसले मलाई ३ दिन सम्म………

दार्चुलामा एक युवती माथि कर णी भएको घटनामा अदालतले दिएको फैसलामा चित्त नबुझे पछि पुनरावदेन जाने भएका छन् । युवती जसको कोठामा तीन दिन सम्म घटनामा परेकी थिइन् उनैलाई अदालतले सफाइ दिएाके छ । घटनामा दुई जना संलग्न थिए । अर्का एकलाई भने अदालतले सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले सोमबार गरेको फैसला चित्त नबुझेपछि युवतीका परिवार पुनरावेदन जाने योजनामा छन् । उनका वकिलले अदालतको फैसलाको पूर्णपाठ आएपछि पुनरावेदन जाने बताएका छन् । युवती माथि कर णी गरेको अभियोगमा पक्राउ परेर अनुसन्धानमा रहेका शैल्यशिखर–९, गाँजरीका १९ वर्षीया सन्तोष महरलाई दो षी ठहर गरेको छ । तर जसको घरमा युवतीलाई कर णी गरियो नक्तडका २७ वर्षीय सुरेश विष्टले भने सफाइ पाए ।

युवतीले प्रहरी बोलाउँदा विष्टलाई पनि घटनास्थलमा देखेको थियो । घटनास्थलवाटै प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । प्रहरी प्रतिवेदनमा विष्टको कोठामा युवतीलाई तीन दिन राखिएको र उनी माथि ज ब र ज स्ती भएको उल्लेख छ ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता लक्ष्मण खनालले पुनरावेदन जाने बताएका छन् । घटना गएको पुषमा भएको हो । २०७७ पुष २८ गते युवती उनीहरुको जीपमा चढेकी थिइन् । विष्ट जीपका चालक हुन् भने महर सह चालक हुन् । गाडीका सह–चालक महरले म पनि तिम्रै गाउँको हुँ भन्दै युवतीलाई विवाह गर्छु भनेर फकाएका थिए । विवाह गर्छु भन्दै फकाएर युवतीलाई मालिकार्जुन सिमलगैरको होटलमा लगेर राखे ।

त्यसपछि उनी केही दिनमा फकिन्छु तिमी यहिँ बस भन्दै बाहिर निस्किए । २ माघमा फेरि अर्को होटलमा लगेर राखेर विवाह गर्ने लोभ देखाएर कर णी गरियो । त्यसको अर्को दिन सह चालकले जीपधनी विष्ष्टको डेरामा लिएर गए । विष्टको कोठामा तीन दिनसम्म आफूमाथि कर णी भएको युवतीले बताएकी छन् । विष्ठले यो युवतीलाई मैले राख्छु भनेपछि महर त्यहाँवाट फेरी हिँडेका थिए ।

About admin

Check Also

आफ्नै श्रीमतीले सैनिक श्रीमानलाई भाउजुको यस्तो फोटो पठाएपछी…….

देउरानी जेठानीको सम्बन्ध दुई दिदीबहिनी जस्तै शुद्ध हुन्छ, जहाँ दुवैले एकअर्कालाई दिदीबहिनी मान्छन् । तर …

Leave a Reply

Your email address will not be published.