Monday , October 18 2021
Breaking News
Home / समाचार / विदेशबाट गर्भ बोकेर फर्किइन् २१ बर्षीय युवती, न्यायको खोजीमा भौतारिँदै (भिडियोसहित)

विदेशबाट गर्भ बोकेर फर्किइन् २१ बर्षीय युवती, न्यायको खोजीमा भौतारिँदै (भिडियोसहित)

उर्लाबारी । परिवारलाई सुखसँग पाल्ने सपना बोकेर विदेशिएकी इलामको दानाबारीकी २१ बर्षीया ललिता परियार यतिबेला ७ महिनाको गर्भ बोकेर न्यायको खोजीमा छिन् । २ बर्ष बैदेशिक रोजगारीको क्रममा कतारमा काम गरेर फर्किकी ललिताको पेटमा अहिले ७ महिनाको बच्चा हुर्किरहेको छ । ललिता इलाम घर जान सकेकी छैन । परिवारले उनलाई स्वीकार गर्ने अवस्था नभएकाले झापाको विर्तामोडमा डेरामा बस्दै आएकी छिन् । कतारमै रहँदा ललिताको मुगुका अपिल बमसँग प्रेम बस्यो ।

उनीहरुबीच शारीरिक सम्बन्ध पनि भयो । सोही क्रममा उनीहरुको गर्भ बस्यो । आफु अविवाहित रहेको भन्दै कपिलले ललितालाई प्रेमजालमा पारे । त्यसपछि उनीहरुबीचको प्रेम झाँगिदै गयो ।
कतारबाट कपिल घर फर्किए । त्यसपछि ललिताले थाहा पाइन्, आफुलाई धोका दिएको । कपिलको श्रीमति र छोरीसमेत रहेको उनले थाहा पाइन् । त्यतिखेर ललिताको पेटमा कपिलको बच्चा हुर्किँदै गएको थियो । ललिताले त्यो बच्चालाई जन्म दिने निर्णय गरिन् । र, घर फर्किन् । त्यसपछि कपिल सम्पर्क बिहीन बने ।

पटक पटक सम्पर्क गर्दासमेत कपिलकी श्रीमतिले फोन उठाउने गरेकी छिन् । यतिबेला ७ महिनाको गर्भ बोकेर ललिता न्याय मागिरहेकी छिन् । कुनै संघसंस्थाले उनको न्यायका लागि पहल गरेको छैन । आफ्ना बेदनाहरु मिडियामार्फत पोखिरहेकी छिन् । न्यायका लागि सहयोगका लागि सबै पक्षमा उनले अपिल गरेकी छिन् ।

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *