Sunday , November 28 2021
Breaking News
Home / समाचार / रोचक : आजको मूल्यमा एउटा ‘गोल्ड मेडल’लाई पगाल्यो भने कति मूल्यको हुन्छ ?

रोचक : आजको मूल्यमा एउटा ‘गोल्ड मेडल’लाई पगाल्यो भने कति मूल्यको हुन्छ ?

सीएनएन । खेलाडीहरु यतिबेला टोकियो २०२० ओलम्पिक्समा आफ्नो नाम इतिहासमा लेखाउन र साथै आफूसँग एउटा भए पनि ओलम्पिक मेडल घर ल्याउन प्रतिस्पर्धा गरिरहेका छन् ।

चाहे त्यो गोल्ड, सिल्भर होस् या ब्रोन्ज, ओलम्पिक मेडल भन्नासाथ सबै खोलाडीका लागि यो अत्यन्तै अमूल्य सम्पदा मानिन्छ ।बेलायतकी पूर्व खेलाडी केली सोथरटनले २००४ र २००८ को ओलम्पिकमा दुईवटा ब्रोन्ज जितेकी थिइन् । यसबारे सीएनएनसँग कुरा गर्दै उनले आफ्ना ती मेडल मिहिनेत र कठोर परिश्रमको सम्झाना भएको बताइन् ।

उनी भन्छिन्, “म कुनै पनि कारणले कहिल्यै ती मेडल बेच्न चाहन्न । यी मेरा लागि अत्यन्तै मूल्यवान् छन् ।”उनले आफ्ना मेडलहरु फ्रेममा नभएर सजिलै निकाल्न सकिने ठाउँमा राख्ने गरेको पनि बताइन् । उनी भन्छिन््, “कहिलेकाहिँ ती मेडल यसो झिकेर लगाउँदा मलाई एकदम खुसी अनि राम्रो महसुस हुन्छ ।”

ओलम्पिक मेडलका डिजाइन हरेकचोटी फरक बनाइएका हुन्छन् । गोल्ड, सिल्भर र ब्रोन्ज सबैको ‘डाएमिटर’ ८५ मिलिमिटरको हुन्छ भने यसको मोटाइ ७.७ एमएम देखि १२.१ एमएमसम्मको हुन्छ । गोल्ड मेडल वास्तवमा सुनको जलप लगाइएको शुद्ध चाँदिले बनाइएको हुन्छ ।

यसको कूल तौल ५५६ ग्राममा ६ ग्राम सुन हुन्छ ।त्यस्तै सिल्भर मेडल पनि शुद्ध चाँदिले बनेको हुन्छ र यसको तौल ५५० ग्रामको हुन्छ । ब्रोन्ज मेडल झन्डै ४५० ग्रामको हुन्छ र यसलाई ९५ प्रतिशत तामा र ५ प्रतिशत जिंक धातुले निर्माण गरिएको हुन्छ ।

आजको मूल्यमा गोल्ड मेडललाई पगाल्यो भने त्यसलाई करिब ८०० डलर पर्नेछ । त्यस्तै सिल्भर मेडल ४५० डलर र ब्रोन्ज ५ डलर बराबर रकमको हुनेछ ।केही समय अगाडि १८९६ को एथेन्स ओलम्पिक्सका विजेताले आफ्नो मेडल १ लाख ८० हजार डलरमा लिलामीमा राखेका थिए ।

त्यस्तै लन्डन ओलम्पिक्सका विजेता लेउरिस पुपोले आफ्नो गोल्ड मेडल ७३ हजार २०० डलरमा बिक्री गरेका हुन् । त्यस्तै सिड्नी २००० मा लङ जम्पका विजेता इभान पेड्रोसोले पनि आफ्नो गोल्ड मेडल ७१ हजारमा बिक्री गरेका थिए ।अहिलेसम्मकै सबैभन्दा धेरैमा बिक्री भएको गोल्ड मेडल चाहिँ जेसी ओवेन्सको रहेको छ ।

उनको १९३६ को बर्लिन ओलम्पिक्समा प्राप्त मेडल, २०१३ मा १४ लाख ६० हजार डलरमा बिक्री भएको थियो ।तर, अधिकांश खेलाडीहरुले ओलम्पिक मेडल त्यसरी बिक्रीमा राख्दैनन् । यसलाई एमदम दुर्लभ मानिने बाल्डविन अक्सन हाउसका रिचर्ड ग्लेडल बताउँछन् । उनका अनुसार कसैले लिलामीमा आफ्नो मेडल राख्दैछ भने त्यसका पछाडि परोपकारी कारण हुने गर्दछ ।

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *