Thursday , October 28 2021
Breaking News
Home / मनोरंजन / हनी सिंहकी पत्नीको आरोप – मेरो श्रीमान हनीले मात्रै होइन ससुराले पनि गलत तरिकाले छुन खोज्थे

हनी सिंहकी पत्नीको आरोप – मेरो श्रीमान हनीले मात्रै होइन ससुराले पनि गलत तरिकाले छुन खोज्थे

बलिउडका र्यापर हनी सिंहमाथि उनकी श्रीमती शालिनी सिंहले घरेलु हिं’सा गरेको आरोप लगाएकी छन् । श्रीमतीले घरेलु हिं’सा गरेको आरोप लगाएपछि हनी सिंह पछिल्लो समय सामाजिक सञ्जालमा छाएका छन् । उनको श्रीमतीले परिवारमाथि पनि गम्भीर आरोप लगाएकी छन् । श्रीमतीले लगाएका सम्पूर्ण आरोपहरुको बारेमा कुनै प्रतिक्रिया नदिएका हनी सिंहले यसको विषयमा आफ्ना भनाई राखेका छन् ।

उनले एक वक्तब्य जारी गर्दै श्रीमतीले आफूमाथि लगाएको आरोप झुट भएको आरोप लगाएका छन् । उनले श्रीमतीले लगाएका सबै आरोप साँचो नभएको समेत बताएका छन् ।

‘मेरी श्रीमतीले ममाथि लगाएका झुठा आरोपले मेरो मनमा गहिरो पीडा परेको छ । उनले लगाएका सबै आरोप झुट हो । मैले यसअघि कुनै पनि सार्वजनिक अभिव्यक्ति दिएको थिइन । मेरो गीतलाई, मेरो स्वास्थ्यलाई र मेरो बारेमा मिडियामा गलत समाचार फैलाइन्थ्यो मैले कहिल्यै सार्वजनिक रुपमा त्यसको विरोध गरिन । म यो पटक चुपचाप रहन सकिन । मेरा बुढा बाआमा र मेरी सानी बहिनीमाथि लगाइएका झुठा आरोप हुन् । उनीहरु मुश्किल समयमा सबै मेरो साथमा थिए ।’

उनले अगाडि भनेका छन्, ‘ म १५ वर्षदेखि यो उद्योगमा छु । यसबीचमा मैले थुप्रै कलाकार र संगितकारसँग काम गरिसकेको छु । मेरो श्रीमतीसँग सम्बन्ध कस्तो थियो भनेर सबैलाई थाहा छ । म धेरै बोल्न चाहान्न किनकी यो मामिला अब अदालतसम्म पुगिसकेको छ । मलाई कानुनमाथि र अदालतमाथि पूर्ण भरोसा छ । छिट्टै सत्य अगाडि आउनेछ ।’

पत्नी शालिनी तलवारले आफ्नो याचिकामा कयौँ आश्चर्यजनक खुलासा गरेकी छन् । शालिनीका अनुसार हनी सिंहलाई करियरमा सफलता मिलेपछि उनी निकै आ’क्रामक र अशिष्ट बनेका थिए ।

शालिनीका अनुसार विवाहको तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि हनी सिंह निकै अ’त्तालिएका थिए । त्यसपछि फोटो लिक गरेको आरोप लगाउँदै हनी सिंहले आफूलाई पि’टेको उनको आरोप छ । हनी सिंहले आफ्नो वैवाहिक जीवनको अस्तित्व लुकाउन चाहेको शालिनीको दाबी छ ।

शालिनीले आफ्नो रिट निवेदनमा हनी सिंह मात्र नभएर सासू भूपिन्दर कौर र ससुरा सबरजीत सिंह र भाउजु स्नेहा सिंहमाथि पनि आरोप लगाएकी छन् ।
शालिनीले आफ्नो पतिको परिवारले गरेको अ’त्याचारको विरुद्ध सुरक्षा आदेश र अन्य राहतको माग गरेकी छिन् । रिट निवेदनमा शालिनीले एक घटनाबारे उल्लेख गर्दै ससुरामाथि पनि गलत हरकत गरेको आरोप लगाएकी छन् । शालिनीका अनुसार हनी सिंहका पिता बिना कुनै काम उनको कोठामा आउने गर्थे र एक पटक कपडा फेर्दै गर्दा कोठा आएर गलत तरिकाले छुन खोजेका थिए ।

मिडिया रिपोर्टका अनुसार शालिनीले घरेलु हिं’साबाट महिलाको संरक्षण अधिनियम अन्तरगत हनी सिंहसँग १० करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकी छन् । शालिनीले घरेलु हिं’साको मामिला दर्ता गरेपछि दिल्ली कोर्टले हनी सिंहलाई २८ अगस्तसम्म जवाफ पठाउन भन्दै नोटिस जारी गरेको छ । त्यस्तै, शालिनीको पक्षमा अन्तरिम आदेश जारी गर्दै हनी सिंह र उनको संयुक्त स्वामित्व रहेको सम्पत्ति बेचबिखनमा रोक लगाएको छ ।

About admin

Check Also

अमेरिकाबाट भाइरल जोडिको घर हेर्न आए ,यस्तो घर बन्यो ,सुत्ने कोठा यस्तो (हेर्नुस् भिडियो )

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *