Monday , October 18 2021
Breaking News
Home / मनोरंजन / अनमोलले निकै महंगो पारिश्रमिकमा ‘एक्स ९’ मा सम्झौता गरे, सुनिल सेट्ठीलाई पारिश्रमिक दिन नसकेपछि सोनु सुदलाई ल्याउने

अनमोलले निकै महंगो पारिश्रमिकमा ‘एक्स ९’ मा सम्झौता गरे, सुनिल सेट्ठीलाई पारिश्रमिक दिन नसकेपछि सोनु सुदलाई ल्याउने

काठमाडौ । महामारीका कारण लागेको लकडाउनले धेरै कलाकारहरु खाली छन् । पाएका कामहरु साना भएपनि गरिरहेका छन् । धेरै कलाकार म्युजिक भिडियोमा ब्यस्त छन् । तर नायक अनमोल केसीले भने लकडाउनकै बेलामा निकै महंगो पारिश्रमिकमा फिल्म सम्झौता गरेका छन् ।

आफ्नो ब्यानरबाट घोषणा भएको फिल्मलाई समेत अलपत्र छाड्दै अनमोल केसीले ‘एक्स ९’ का लागि निकै महंगो पारिश्रमिकमा खेल्ने सम्झौता गरेका छन् । आइतबार बिहानै उनले सम्झौता भएको फोटो सार्वजनिक गर्दै आफूले ‘एक्स ९’ खेल्न लागेको जानकारी गराएका हुन् ।

मल्टिस्टारर फिल्ममा अनमोल केसीसँगै सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, नविन लम्साल आदि कलाकारको अभिनय रहने बताइएको छ । फिल्मलाई ‘लप्पन छप्पन’ सिरिजका निर्देशक मुकुन्द भट्टले निर्देशन गर्दैछन् ।

५ करोड हाराहारी बजेटमा बन्ने लागेको यो फिल्ममा अनमोलले ७५ लाख हाराहारी रकम लिएको चर्चा छ । तर उनले यसवारे खुलाएका भने छैनन् । निर्माताले पनि उनलाई दिइने पारिश्रमिका बारेमा कुरा लुकाएका छन् । ‘कृ’मा २० लाख लिएयता अनमोलले कुनै फिल्म साइन गर्दा पारिश्रमिक मुख्य आकर्षण हुने गरेको थियो ।

नेपालसँगै युरोपका विभिन्न सहर र आबुधाबीमा छायांकन हुने फिल्मको तिहारपछि काम सुरु हुने निर्माण टिमले जनाएको छ । पुरुष कलाकारको जम्बो टोली रहने फिल्ममा प्रियंका थापा एक्लो हिरोइन रहनेछन् ।

फिल्ममा बलिउड अभिनेता सुनिल सेठ्ठीले पनि अभिनय गर्ने चर्चा चलेको थियो । तर त्यो कुरा भने पुष्टि भएको छैन । सुनिलले महंगो पारिश्रमिक अफर गरेपछि सोनु सुदलाई खेलाउने प्रयास निर्माता समुहले गरिरहेको छ । दोस्रो भाग भने कोरोनाका कारण प्रदर्शन हुन सकेको छैन । ‘पारस’सँगै अनमोलले ‘माइतीघर २’ र ‘एन्टि हिरो’ पनि खेल्ने घोषणा गरेका थिए । तर, यी फिल्मको पनि सुटिङ कहिले हुने टुंगो छैन । योमध्ये ‘माइतीघर २’का निर्देशक सुबोध चोपडाको कोरोनाका कारण केही महिनाअघि मुम्बईमा निधन भएको थियो ।

About admin

Check Also

गायक रामजी खाँडले बनाए राजधानीमै ५ करोडको घर ( भिडियो हेर्नुहोस् )

लोकप्रिय लोकदोहोरी गायक रामजी खाँडले काठमाडौंमा आफ्नै घर बनाएका छन।झन्डै २ दशक लामो संगीत यात्रामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *