Friday , September 24 2021
Breaking News
Home / समाचार / खोलामा बग्दै गरेका १२ बर्षीय बालकलाई १६ बर्षीय बालकले खोलामा हाम फालेर बचाइदिएपछि गरियो सम्मान

खोलामा बग्दै गरेका १२ बर्षीय बालकलाई १६ बर्षीय बालकले खोलामा हाम फालेर बचाइदिएपछि गरियो सम्मान

बझाङ । बझाङमा एक १६ बर्षीय बालकले १२ बर्षीय बालकको ज्यान बचाएका छन् । ज्यान सल्यान घर भै हाल बझाङको जयपृथ्वी नगरपालिका(१० मा बस्दै आएका १६ बर्षीय बालक लाल बहादुर पुन मगरले बझाङ सुर्मा गाँउपालिका(४ का ओकील बोहराका १२ बर्षिय छोरा जयराज बोहराको ज्यान बचाइदिएका हुन् ।

बाउली खोलामा बनेको बसपार्क नजीकै पौडी खेल्ने क्रममा जयराजलाई खोलाले बगाएर झण्डै ४५० मिटर तल सेती नदी र बाहुली खोलाको दोभानमा पुर्याएको थियो ।

खोलामा बग्दै गरेको अवस्थामा बोहरालाई मगरले ई देखेपछि खोलामा हाम फालेर ज्यान बचाएका हुन् । आफ्नो छोराको ज्यान बचाएको भन्दै बालकका अभिभावकले अविर दोसल्ला सहित सम्मान गरेका छन् ।

मगरको यो साहसिक कदमलाई सम्मान गर्दै सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहरा, यहाँका बद्धिजीवी, युवाहरुले समेत मगरलाई केही नगदसहित सम्मान गरेका छन् ।

About admin

Check Also

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *