Monday , October 25 2021
Breaking News
Home / राजनिति / विद्युत प्राधिकरणमा भएन कुलमान घिसिङको नियुक्ति

विद्युत प्राधिकरणमा भएन कुलमान घिसिङको नियुक्ति

कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश भएपनि निर्णय भने हुन सकेन । उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेकी थिइन् ।
‘मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्ताव आएको थियो ।

त्यसमा छलफल हुँदा केही प्रक्रिया अझै पुरा गर्नुपर्ने देखियो । त्यसैले सोमबारको बैठकले निर्णय गर्न सकेन’, मन्त्रिपरिषद स्रोतले भन्यो, ‘अर्को बैठकले निर्णय गर्ने छ ।’ सोमबारको मन्त्रिपरिषद बैठकले केही सचिवहरूको सरुवा गरेको छ ।

अन्य समाचार : मेस्सीलाई अनुबन्ध गर्ने दौडमा युनाइटेड पनि लियोनेल मेस्सीले बार्सिलोना छाडेपछि नै उनलाई अनुबन्ध गर्ने होडमा पेरिस सेन्ट जर्मेन अघि रहेको छ । तर, अहिले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पनि यो दौडमा सामेल भएको छ ।

युनाइटेडले मेस्सीलाई हरेक हप्ता ६ लाख ७२ हजार युरो तलब दिने गरी २ वर्षको करार अफर गर्ने तयारी गरेको छ । बेलायती पत्रिका द सनका अनुसार युनाइटेडले मेस्सीलाई भित्र्याउनका लागि आफ्नो अफर प्रस्तुत गर्ने तयारी गरेको हो ।

हालसम्म मेस्सी पीएसजी जाने बारेमा विमर्श भइरहेका बेला यो सिजन जाडोन सान्चो र राफायल भरानलाई भित्र्याएको युनाइटेडले पनि उनलाई अनुबन्धन गर्ने महत्त्वाकाङ्क्षा देखाएको छ ।

हालसम्म मेस्सी पीएसजी जाने बारेमा विमर्श भइरहेका बेला यो सिजन जाडोन सान्चो र राफायल भरानलाई भित्र्याएको युनाइटेडले पनि उनलाई अनुबन्धन गर्ने महत्त्वाकाङ्क्षा देखाएको छ ।

About admin

Check Also

राष्ट्रपतिले प्रचण्ड पत्नी सीतालाई किन दिइन् पदक ?

काठमाडौ । संविधान दिवसका अवसरमा राष्ट्रपतिवाट विभुषित हुने र पदक पाउनेहरुको नाम सार्वजनिक भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *