Sunday , November 28 2021
Breaking News
Home / राजनिति / ओलीले साढे तीन वर्ष नगरेको काम देउवाले ३ हप्तामा गरिदिए, लाखौँको संख्यामा खुसी आयो ?

ओलीले साढे तीन वर्ष नगरेको काम देउवाले ३ हप्तामा गरिदिए, लाखौँको संख्यामा खुसी आयो ?

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले सबै तहका कर्मचारी, शिक्षक, सेना, प्रहरी, स्वास्थ्य सेवाका सबै कर्मचारीको नयाँ तलबमान साउन १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका बेला कर्मचारी, शिक्षक, सेना, प्रहरी स्वास्थ्य सेवाका सबै कर्मचारीको तलब स्वीकृत गरेर मनोवल बढाउन सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकबाट यो निर्णय गराएका हुन् ।

सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको बताए ।

मन्त्रिपरिषदले सह–सचिव गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको कार्कीले बताएका छन् ।

सरकारले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८, सैनिक सेवा तेस्रो संशोधन नियमावली, २०७८ लाई छलफलका लागि मन्त्रिपरिषदको सम्बन्धित समितिहरूमा पठाउने निर्णय गरेको छ ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले कर्मचारी, सुरक्षा निकाय, शिक्षक, स्वाथ्यकर्मीको मनोवल बढाउने कामहरू गर्न सकेको थिएन ।

देउवा प्रधानमन्त्री भएको एक महिना नबित्दै सबै कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, शिक्षकहरूको नयाँ तलबमान लागू गर्ने निर्णय गरेका छन् । देउवाको निर्णयले धेरैलाई राहत मिलेको छ ।

About admin

Check Also

अब हुने चुनावमा एमालेलाई कुचो लगाएर बढार्ने हो : गगन थापा

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई हराउनुपर्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *