Sunday , September 19 2021
Breaking News
Home / समाचार / माधव नेपाल समूह भोलि नै सरकारमा सहभागी हुँदै, नेपालले नयाँ दल गठनको प्रक्रिया थाले

माधव नेपाल समूह भोलि नै सरकारमा सहभागी हुँदै, नेपालले नयाँ दल गठनको प्रक्रिया थाले

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल अब केपी शर्मा ओलीसँग मिल्न नसकिने निश्कर्षमा पुगेका छन् । नेता नेपालले अब छिट्टै नयाँ दल गठन गर्ने तयारी गरेका छन् । नेपालनिकट स्रोतकाअनुसार हिजो केन्द्रीय कमिटी बैठक राखेर महाधिवेशनलक्षित महत्वपूर्ण निर्णयहरु गरेर अध्यक्ष ओली एकलौटी ढंगले अघि बढ्न खोजेको र एकता नचाहेकोले अब विकल्पमा जानुपर्नेमा नेता नेपाल पुगेका छन् । उनी अहिले आफूनिकट नेताहरुसँग उनी हिजैदेखि आन्तरिक परामर्शमा छन् । खासगरी अध्यक्ष ओलीसँग वार्ता तथा छलफलमा रहेका दोस्रो पुस्ताका नेताहरुको कारण उनी रोकिएका हुन् । होईन, भने यतिवेलासम्म उनले नयाँ पार्टी जन्माईसकेका हुन्थे ।

एमाले अध्यक्ष ओलीले आज प्रतिनिधिसभामा विपक्षी दलको नेताको हैसियतमा लामो सम्बोधन गरेका छन् । ओलीको आजको सम्बोधनले पनि नेता नेपाल झनै निराश बनेका छन् । उनले आफूनिकट सांसद तथा नेताहरुसँग ‘अब विकल्पमा जानुपर्छ, ढिलाई गर्दा हामीलाई नै घाटा हुन्छ, तपाईँहरु तयार हुनुहोला, म धेरै अघि बढिसकें’ भनेका छन् ।

स्रोतका अनुसार नेता नेपालले आफ्नो समूहबाट सरकारमा सहभागी हुनेहरुको नामसमेत तय गरिसकेका छन् । नेपालनिकट एक नेताले भने,‘उहाँले भोलि नै आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम प्रधानमन्त्रीज्यूलाई पठाउनुहुनेछ, अब उहाँ अघि बढिसक्नुभयो । रोकिनेवाला हुनुहुन्न ।’

नेता नेपालले आज विहानमात्रै पनि आफूनिकट नेताहरुलाई फोनमार्फत देशैभरि समानान्तर कमिटी गठन गर्न र गतिविधि गर्न निर्देशन दिईसकेका छन् । भविष्यमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग पनि एकता गर्नेगरि नयाँ दल गठन प्रक्रियामा नेता नेपाल अघि बढेका छन् । यो विषयमा अध्यक्ष प्रचण्डसँग पनि सकारात्मक कुरा भएको स्रोतको दाबी छ । रिपोटर्स क्लब नेपाल

About admin

Check Also

यिनै हुन् हिजो किनारमा सबै समान छाडेर भेरी नदीमा हा’मफा’ल्ने युवती ! को थिए उनको मोबाइलमा १२ चोटि कल गर्ने ब्यक्ति ? (भिडियो हेर्नुहोस्)

काठमाडौँ । हिजो मात्रै एक अपरिचित महिलाले भेरी नदीमा हा’म फा’लिन भन्ने खबर बाहिरिएको थियो। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *