Sunday , November 28 2021
Breaking News
Home / समाचार / अभिनेत्री स्वस्तिमा खड्का साउथ फिल्म ‘थिरिमाली’मा

अभिनेत्री स्वस्तिमा खड्का साउथ फिल्म ‘थिरिमाली’मा

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको अभिनय दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा पनि देख्न सकिने भएको छ । नेपाली फिल्म ‘ग्याङस्टार ब्लूज’का निर्माता सरोज न्यौपानेले दक्षिण भारतीय कम्पनी

‘एन्जल मारिया सिनेमा’सँग मिलेर निर्माण गरेको यो फिल्ममा स्वस्तिमाको अलवा माओत्से गुरुङ, उमेश तामाङ लगायत नेपाली कलाकारको अभिनय देख्न सकिन्छ ।राजिब सेट्टीको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान,

आना रेश्मा लगायतको मुख्य भूमिका छ । हालै छायाँकन पूरा गरेको फिल्मको निर्माण युनिटले नेपाली कलाकार माओत्से गुरुङको अभिनय रहेको सुटिङ सेटका केही तस्विरहरु सार्वजनिक गरेको छ । सार्वजनिक तस्बिरमा नेपालको पहाडी भेगका दृश्य देख्न सकिन्छ ।

फिल्ममा माओत्सेको महत्वपूर्ण भूमिका रहेको छ । स्वस्तिमाको भूमिका भने दर्शकका लागि सरप्राइज हुने निर्माता युनिटले जनाएको छ । हिन्दीसहित मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा फिल्म रिलिज हुनेछन् ।

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *