Thursday , October 28 2021
Breaking News
Home / प्रमुख समाचार / अटोमा घुम्न जाँदा श्रीमतीको निधन, श्रीमानसहित ३ घाइते

अटोमा घुम्न जाँदा श्रीमतीको निधन, श्रीमानसहित ३ घाइते

उदयपुरको उदयपुरगढी गाउँपालिका – ७ अधेरी झरना नजिकै शनिबार दिउँसो रुखले किच्दा एक महिलाको निधन भएको छ भने ३ जना घाइते भएका छन् ।

मदन भण्डारी राजमार्ग अन्तर्गत अधेरी झरना नजिक रोकिरहेको अटो माथि रुखले किचेर कटारी नगरपालिका–४ की ३८ वर्षीया निशा मगर दनुवारको घटनास्थलमै मृत्यु भएको हो ।

रुखले किच्दा निशाका ४० वर्षीय श्रीमान श्याम दनुवार,कटारी नगरपालिका–५ का ४८ वर्षीय कुमार तामाङ र सोही स्थानकी २७ वर्षीया मिना दनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले केटिएम दैनिकलाई बताए ।

घाइतेमध्ये तामाङको अवस्था गम्भीर छ । उनी अटोचालक भएको बुझिएको छ। अन्यको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको छ ।

एक्कासी रुख ढल्दा पार्किङ गरेर राखिएको प्र२–०१–००१ ह ०५६० नम्बरको अटो र स १० प ३२७२ नम्बरको मोटर साइकललाई र मृतक महिलालाई किचेको प्रहरीले जनाएको छ ।

About admin

Check Also

दुखद खबर- भारी वर्षापछि आएको पहिरोमा पुरिएर १७ जनाको मृत्यु, थप बिबरणसहित

काठमाडौँ । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *