Sunday , September 19 2021
Breaking News
Home / समाचार / मंगलबारको तुलनामा काठमाडौं उपत्यकामा घट्यो संक्रमितको संख्या, यस्तो छ आजको संक्रमित दर

मंगलबारको तुलनामा काठमाडौं उपत्यकामा घट्यो संक्रमितको संख्या, यस्तो छ आजको संक्रमित दर

काठमाडौं-पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ९०७ जनाको पीसीआर परीक्षणमा २ हजार ६१६ र ५ हजार ७४९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ९६४ जना संक्रमित थपिएका छन् । काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८८५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार निको हुने दर ९३।४ प्रतिशत रहेको छ ।

About admin

Check Also

गायिका विष्णु माझीको घरमा प्रहरी, घर पुग्दा यस्तो अवस्थामा (भिडियो सहित)

स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली चर्चित लाेकदाेहाेरी गायिका विष्णु माझीको माइतीघर चापाकोट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *