Friday , September 24 2021
Breaking News
Home / समाचार / सार्वजनिक जग्गामा घर बनाउनेलाई इटहरीका मेयरले कार्यालयमा थुने, काँग्रेसले मेयरकै कोठामा गरिदियो तालाबन्दी

सार्वजनिक जग्गामा घर बनाउनेलाई इटहरीका मेयरले कार्यालयमा थुने, काँग्रेसले मेयरकै कोठामा गरिदियो तालाबन्दी

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको कार्यकक्षमा नेपाली काँग्रेस इटहरीले ताला बन्दी गरेको छ । इटहरीका मेयर द्धारिकलाल चौधरीले सार्वजनिक जग्गामा घर बनाउनेलाई कार्यालयमा थुनेको भन्दै नेपाली कांग्रेस इटहरी नगर समितिले मेयर चौधरीको कार्यकक्षमा ताला बन्दी गरेको हो । मेयर सहित उपमेयर लक्ष्मी गौतमको कार्यकक्षमा पनि काँग्रेसले तालाबन्दी गरेको थियो ।

नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले यसको अगुवाई गरेका थिए । नेता पौडेल सहित दर्जनौ कार्यकर्ता साथ इटहरी उपमहानगरपालिका पुगी इटहरी ४ आइतबारेका यामप्रसाद ढकालका पक्ष लिएका थिए । सार्वजनिक जग्गामा घर बनाएपनि यसरी थुन्नु चाँही नहुने त्यहाँ उपस्थित काँग्रेस कार्यकर्ताहरुको बिचार रहेको थियो ।

त्यसो त इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी बिभिन्न कारणले चर्चामा आइरहन्छन् । पछिल्लो पटक वडा कार्यालयको भवन उद्घाटनका क्रममा चर्चामा आएका थिए । अहिले भने एक सेवाग्राहीलाई कार्यालयमै बन्द गरेका कारण चर्चामा छन् ।

मेयर चौधरीले इटहरी– ४ का यामप्रसाद ढकाललाई आफ्नो कार्यालयमा बोलाएर बन्द गरिदिएका थिए । ढकाललाई सार्वजनिक जग्गा मिचेको आरोप छ । मेयर चौधरीले सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै नगर प्रहरी लगाएर ढकाललाई कार्यालयमा बोलाएका थिए ।

ढकाल कार्यालयमा पुगेपछि उनलाई घर भत्काउनुपर्यो भनिएको थियो । ढकालले नमानेपछि मेयर चौधरीले उनलाई कोठा भित्रै राखेर बाहिरबाट चुकुल लगाएर हिँडेका थिए । आफूलेघर भत्काउन नसक्ने प्रतिक्रिया दिएपछि बाहिरबाट चुकुल लगाएर मेयर गाडी चडेर हिँडेको ढकालले दावी गरेका छन् ।

मंगलबार मात्र इटहरी– १३ मा निर्माणाधीन रिसोर्टको पर्खाल भत्काएका थिए । सार्वजनिक जग्गा मिच्न नपाउने भन्दै उनले अहिले सो क्षेत्रमा घर तथा पर्खाल भत्काउदै आएका छन् । तर, मेयर चौधरीले ढकाललाई बस्दै गर्नु भनेर कामले कार्यालयबाहिर निस्केको अनि ढकालले नै आफूलाई मेयरले थुनेको भन्दै झुठो आरोप लगाएको मेयर चौधरीको दावी छ ।

About admin

Check Also

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *