Monday , October 18 2021
Breaking News
Home / राजनिति / प्रचण्डलाई दुई दिनदेखि खाना रुच्न छोड्यो, आइलाग्यो अर्को आपत

प्रचण्डलाई दुई दिनदेखि खाना रुच्न छोड्यो, आइलाग्यो अर्को आपत

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुई दिन यता खाना रुच्न छोडेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तर्साउँन ‘सरकारको न्यूनतम साझा कार्यक्रम’मा राखिएको भ्रष्टाचारको छानविन गर्ने विषयले आफैलाई डसेपछि उनलाई खाना रुच्न छोेडेको हो ।

एमाले अध्यक्ष ओलीलाई हटाएर काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका उनले सरकारको न्यूनतम साझा कार्यक्रममा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको विषयमा छानविन गर्ने भन्ने बुदा थप्न लगाएका थिए । यो कुरा सार्वजनिक भएपछि ओलीले क्यान्टेनमेन्टको भ्रष्टाचारको फाइल पनि खोल्न पर्ने बताएका थिए ।

त्यही विषयले उनलाई तनाव भएको छ । यकातिर मन्त्री छान्न नसकेर तनावमा रहेका प्रचण्डलाई संसदमा सम्बोधन गर्दै ओलीले सुरु गरिहालौं भन्दै सरकारलाई दवाव दिन थालेपछि उनलाई तनाव भएको हो । प्रमुख प्रतिपक्षी दलका नेता एवं निवर्तमान प्रधानमन्त्री केपी आलीले भ्रष्टाचार छानविन पहिला लडाकु शिविर बाट सुरु गर्नु पर्ने बताएका छन् । लडाकु शिविरको अरबौं भ्रष्टाचारको मुद्धा ओलीले जोडतोडका साथ उठाउँन थाले पछि प्रचण्डलाई उखर्मौलो टेन्सन भएको बुझिएको छ ।

लडाकु शिविरमा भएको भ्रष्टाचारको मुद्धा अब एमालेले जोडतोडका साथ उठाउँने संकेत गरको छ । पार्टी अध्यक्ष ओलीले संसदको रोस्टमबाट जोडतोडका साथ यो बिषय उठाए पछि अहिले एमालेका अन्य नेता देखी कार्यकर्ता सम्मले यो बिषय चर्काउँदै लगेका छन् । एमालेबाट राष्टियसभा सदस्य बनेकी कोमल वलीले पनि संसदबाट लडाकु शिविर घोटला छानविनको माग गरेकी छिन् ।

ओलीले ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न सरकारसँग माग गरेकी छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद ओलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन्।

ओलीले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यम मात्रै बनाइएको भन्दै वाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानबिन गर्नुपर्ने बताइन्।

ओलीले भनिन्, ‘यहाँ भ्रष्टाचारका कुरा धेरै भए। भाषण भए। भोट माग्ने माध्यम भए। आउनुहोस् निष्पक्ष छानबिन गरौँ। वाइडबडीको छानबिन गरौँ। अरुण थर्डको छानबिन गरौँ। टनकपुरको छानबिन गरौँ। बालुवाटारको छानबिन गरौँ। ओम्नीको छानबिन गरौँ। आयल निगमको जग्गा खरिदको पनि छानबिन गरौँ। क्यान्टोनमेन्टको पनि छानबिन गरौँ। ठूला ठूला हाइड्रोको पनि छानबिन गरौँ। १६५ सांसदको समर्थन छ के को लागि हो त्यो समर्थन प्राप्त गरेको रु अरुको पार्टी फुटाएको के को लागि हो रु किन रु तथापि अर्कोतिर औँला नठड्याऔँ। सबैले सबैलाई देखेकै छ।’

सांसद ओलीले सत्ता स्वार्थ र भ्रष्टाचारका निम्ति नेपालका नदीनालाहरु बन्धक बनेको पनि बताइन्। कतिपय जलविद्युत आयोजना विदेशीको इशारामा सम्झौता भएका र अर्बौँ भ्रष्टाचार भएको पनि उनले उल्लेख गरिन्।

ओलीले भनिन्, ‘कति जलविद्युतमा विदेशीको इशारामा सम्झौता भए होलान्। अर्बौंको डिल भयो होला। जलश्रोतको विश्वको दोस्रो धनी देशमा आजपनि व्यापार घाटामा हामीले बाहिरबाट ग्याँस ल्याएर चुल्हो बाल्दैछौँ। बिजुली दिन सकेका छैनौँ। हाम्रा नदीनालाहरु बन्धक बनेका छन्। सत्ताको स्वार्थमा र भ्रष्टाचारका निम्ति। त्यो काम गर्नलाई अहिले कसले रोकेको छ रु त्यसको लागि फेरि केपी ओलीको सरकार आउला भनी पर्खने रु जवाफ चाहियो।’

सांसद ओलीले आफूहरु प्रतिपक्षको रचनात्मक आलोचनात्मक सुझावले मुलुक अगाडि बढ्नसक्छ भन्ने कुरामा विश्वस्त रहेको बताउँदै सरकारको सही कुरालाई सही र गलत कुरालाई गलत भनेर आलोचना गर्ने पनि स्पष्ट पारिन्।

About admin

Check Also

राष्ट्रपतिले प्रचण्ड पत्नी सीतालाई किन दिइन् पदक ?

काठमाडौ । संविधान दिवसका अवसरमा राष्ट्रपतिवाट विभुषित हुने र पदक पाउनेहरुको नाम सार्वजनिक भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *