Monday , October 18 2021
Breaking News
Home / समाचार / मन्त्री पद खुस्किएपछि अटोरिक्सा चढेर मन्त्रालयवाट बाहिरिए नेता

मन्त्री पद खुस्किएपछि अटोरिक्सा चढेर मन्त्रालयवाट बाहिरिए नेता

काठमाडौ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएपछि एमाले सरकार ढल्यो । मन्त्री पद खुस्किएपछि एक जना नेता रिक्सा चढेर मन्त्रालयवाट बाहिरिएका छन् । राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य मन्त्री पदबाट हटेपछि अटो रिक्सा चढेर बिहीवार मन्त्रालयबाट बाहिरिएका छन् ।

उनको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । बिहीवार बिहान पत्रकार सम्मेलन गरी उनी सरकारी गाडी छाडेर ई–रिक्सा चढेर बाहिरिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले प्रदेशले ल्याएको सञ्चार विधेयकमा आफ्नो कुनै भूमिका नभएको बताएका थिए । नयाँ बन्ने लागेका मुख्यमन्त्री कुलप्रसाद केसीले विधेयक ल्याएको उनले बताए ।

अर्घाखाँचीबाट निर्वाचित सांसद आचार्यलाई पोखरेलले दोस्रो चरणमा मन्त्री बनाएका थिए । उनले दाङ राजधानी बनाउन मुख्यमन्त्री पोखरेललाई साथ दिएका थिए ।

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *