Sunday , November 28 2021
Breaking News
Home / समाचार / केहीबेर अघि बाट उपत्यकामा नयाँ नियम लागु, पैदलयात्रु हिँड्न पाउने कि नपाउने ?

केहीबेर अघि बाट उपत्यकामा नयाँ नियम लागु, पैदलयात्रु हिँड्न पाउने कि नपाउने ?

काठमाडौँ— महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि फेरि कडाइ गरिएको छ । भदौ ८ गतेसम्म थप गरिएको निषेधाज्ञामा पुरानै आदेशहरुलाई निरन्तरता दिइए पनि सवारीसाधन सञ्चालनमा नयाँ नियम थपिएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौँ उपत्यकामा साँझ ८ बजे भित्र निजी र सार्वजनिक सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको हो । निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।

उपत्याकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेका हुन् । रातको समयमा पैदल यात्राका लागि भने प्रशासनले कुनै रोकतोक लगाएको छैन ।

निजी तथा सार्वजनिक सवारीमा रोक लगाए पनि पैदलयात्रुका लागि भने प्रशासनले भीडभाड नगरिकन आवागमन गर्न पाइने भनेको छ । “भीडभाड नहोस् भनेर सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । जहाँ भए पनि ८ बजेसम्म सबै सवारी गन्तब्यमा पुगिसक्नुपर्‍यो भनेका छौँ । भीडभाड नगरिकन पैदलयात्रुहरु भने आवतजावत गर्न सक्नेछन्” ।

पछिल्लो समय संक्रमणका बिरामी बढ्न थालेपछि सरकारले थप कडाइ गर्न थालेको छ। स्वास्थ्य मापदण्ड पालना गर्न पनि सरकारले आग्रह गरेको छ । गत साता प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश मार्फत अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेका थिए ।

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *