Sunday , September 19 2021
Breaking News
Home / समाचार / आधा सम्पत्ति राज्यलाई दिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा : भिडियो सहित

आधा सम्पत्ति राज्यलाई दिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा : भिडियो सहित

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले कमाएको आधा सम्पति सरकारलाई दिने घोषणा गर्नुभएको छ । ५० वर्षदेखि लगानी मात्रै गरेर सम्पति आर्जन गरेकाले अब कमाएको सम्पति फाउण्डेशन बनाएर सरकारलाई दिने उहाँले घोषणा गर्नुभएको हो ।

ईमेज टेलिभिजनको हटसिटमा कुरा गर्दै राज्यमन्त्री श्रेष्ठले राज्यबाट भ्रष्टाचार गरेर लिने आफ्नो कुनै चाहना नभएको स्पष्ट पार्नुभयो । अविवाहित भएकाले आफूलाई कुनै सम्पतिको लोभ नभएको उहाँको भनाइ छ ।कोरोना संक्रमण भएपछि एक्लै बस्नुपरेकाले सम्पति भन्ने के नै रहेछ र भन्ने लागेकाले अबका दिन जनताको सेवामा लगाउने आफ्नो इच्छा रहेको उहाँले बताउनुभयो ।

धनि ब्यबसायीहरुले त पैसा खुवाएर मन्त्रि बन्छन नि भन्ने प्रश्नमा राज्यमन्त्री श्रेष्ठले आफुलाई प्रधानमन्त्री देउवाले अवसर दिएको र प्रधानमन्त्रीलाई आफुलाई मन्त्रि बनाइँदिनु बनेर सम्म नभनेको बताउनु भयो ।भिडियो

थप समाचार – प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको बिहीबार एक महिना पूरा भएको छ । सरकार गठन भएको एक महिना बितिसक्दासमेत अझै मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । यस अवधिमा प्रधानमन्त्री देउवाले पाँचजना मन्त्री नियुक्ति गर्नेबाहेक अन्य मन्त्री नियुक्त गर्न सक्नुभएको छैन ।

About admin

Check Also

गायिका विष्णु माझीको घरमा प्रहरी, घर पुग्दा यस्तो अवस्थामा (भिडियो सहित)

स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली चर्चित लाेकदाेहाेरी गायिका विष्णु माझीको माइतीघर चापाकोट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *